कोल्पुखोला मृत्यु प्रकरण : ५० लाख रुपैयाँ दिने सहमति

विदुर खबर २०७६ साउन २८ गते १७:२१

Timure Yatayat Bus

Advertisement

नुवाकोट, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ ओखरपौवास्थित कोल्पुखोला किनारमा रहेको खाल्डोमा परेर मुत्यु भएका स्थानीय १३ वर्षीया बिनिता बलामी र सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङका आफन्तहरुलाई ५० लाख रुपैयाँ दिने सहमति भएको छ ।

Advertisement

ककनी गाउँपालिकाका उपाअध्यक्ष, वडा नम्बर ३ का वडाअध्यक्ष चन्द्रवहादुर वलामी र प्रहरीको रोहवरमा बसेको वार्ताले मृतकलाइृ प्रतिव्यक्ति २५ लाख रुपैयाँ दिने सहमति भएको ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता लामाले जानकारी दिइन । सहमति अनुसार एक लाख आजै दिने र थप बाँकी रकम ३५ दिनभित्र दिने सहमति भएको छ । सहमति अनुसार डोजर साहु रामकिशोर रेग्मीले ३३ लाख रुपैयाँ, ठेकेदार मोहनकृष्ण श्रेष्ठले ११ लाख रु जग्गा धनि राजेन्द्र वलामीले ६ लाख रुपैयाँ व्यहोर्ने सहमति भएको गाउँपालिकाकी उपाध्यक्ष लामाले बताइन ।

सहमतिपछि शव परिक्षणको लागि काठमाण्डौको टिचिङ अस्पताल पठाइएको छ । यसअघि अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परि सोमबार साँझ ६ बजे स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको थियो । स्थानीयवासीले खोलामा अवैध रूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै उचित क्षतिपुर्तिको माग गर्दे प्रर्दशन गरेका थिए ।

Advertisement

प्रतिक्रिया