कोल्पुखोला मृत्यु प्रकरण : ५० लाख रुपैयाँ दिने सहमति

नुवाकोट, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ ओखरपौवास्थित कोल्पुखोला किनारमा रहेको खाल्डोमा परेर मुत्यु भएका स्थानीय १३ वर्षीया बिनिता बलामी र सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङका आफन्तहरुलाई ५० लाख रुपैयाँ दिने सहमति भएको छ ।

ककनी गाउँपालिकाका उपाअध्यक्ष, वडा नम्बर ३ का वडाअध्यक्ष चन्द्रवहादुर वलामी र प्रहरीको रोहवरमा बसेको वार्ताले मृतकलाइृ प्रतिव्यक्ति २५ लाख रुपैयाँ दिने सहमति भएको ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता लामाले जानकारी दिइन । सहमति अनुसार एक लाख आजै दिने र थप बाँकी रकम ३५ दिनभित्र दिने सहमति भएको छ । सहमति अनुसार डोजर साहु रामकिशोर रेग्मीले ३३ लाख रुपैयाँ, ठेकेदार मोहनकृष्ण श्रेष्ठले ११ लाख रु जग्गा धनि राजेन्द्र वलामीले ६ लाख रुपैयाँ व्यहोर्ने सहमति भएको गाउँपालिकाकी उपाध्यक्ष लामाले बताइन ।
सहमतिपछि शव परिक्षणको लागि काठमाण्डौको टिचिङ अस्पताल पठाइएको छ । यसअघि अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परि सोमबार साँझ ६ बजे स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको थियो । स्थानीयवासीले खोलामा अवैध रूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै उचित क्षतिपुर्तिको माग गर्दे प्रर्दशन गरेका थिए । 
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया