ककनीमा बालुवा उत्खनन गर्न खनेको खाल्डोमा डुबेर २ महिलाको मृत्यु

विदुर खबर २०७६ साउन २८ गते ६:५९

 

Advertisement

Timure Yatayat Bus

नुवाकोट, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ कोल्पुखोलामा बालुवा उत्खनन गर्न खनेको खाल्डोमा परेर सोमबार साँझ २ दुई महिलाको मृत्यु भएको छ ।

Advertisement

Advertisement

मृत्यु हुनेमा ककनी गाउँपालिकाको कागती गाउँकी विनिता बलामी र सिन्धुलीको फिक्कल गाउँपालिकाकी ३५ वर्षीय लक्ष्मी तामाङ रहेको ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता लामाले जानकारी दिइन । कोल्पुखोला किनारमा अबैध रुपमा बालुवा उत्खननको क्रममा बनाइएको खाल्डोमा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । खाल्डोमा जमेकको पानीमा डुबेकी स्थानिय राजेन्द्र बलामिकी १३ वर्षकी छोरी बिनिता बलामीलाई बचाउन जाँदा उनीहरुको ज्यान गएको ककनी गाउँपालिकाकी उपाध्यक्ष लामाले बताइन ।

खोला किनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन । अवैध रुपमा खोलामा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गरि खाल्टो खन्ने कार्यको बिरोध गर्दै यस्ता अवैध गतिविधि तत्काल वन्द गर्न स्थानीयले प्रशासनसँग माग गरेका छन । मृत्यु भएकाहरुको जिम्मा कसले दिने भन्ने विषयमा छलफल गर्न लागिएको गाउँपालिकाकी उपाध्यक्ष लामाले बताइन ।

प्रदेश सरकारले असारदेखि भदौसम्म तीन महिना नदिजन्य सामाग्रीको उत्खननमा रोक लगाउँदा समेत यहि श्रावण ८ गते जिल्ला समन्वय समितिको कार्यालयमा बसेको सर्वपक्षिय बैठकले कानुन विपरित हाते औजार प्रयोग गरेर वालुवा निकाल्न अनुमति दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया