पुस्ता हस्तान्तरण हुँदा भाषाहरु लोप भयो : जिसस प्रमुख तामाङ

विदुर खबर २०७६ साउन २७ गते १९:२९

Timure Yatayat Bus

Advertisement

नुवाकोट, जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङले पुस्ता हस्तान्तरण हुँदा भाषाहरुको लोप भएको बताएका छन ।

 

Advertisement

नेपाल आदीवासी जनजाती पत्रकार महासंघ(फोनिज) को २० औ स्थापना दिवसको अवसरमा सोमबार विदुरमा आयोजित संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तामाङले सो कुरा बताएका हुन ।  जिसस प्रमुख तामाङले जात,धर्म र संस्कृतिको रक्षा गर्ने अन्तिम अवसर रहेको भन्दै सबै मिलेर मौलिक संस्कृति र भाषाको रक्षा गर्न लाग्नुपर्ने बताए । जिसस प्रमुख तामाङले भाषाको प्रयोग नभएमा त्यसको अस्तित्व हराउने भन्दै पछिल्लो समय लगानी गरेर मौलिक भाषा बेच्ने काम भएको बताए ।

Advertisement

कार्यक्रममा नेपाल आदीवासी जनजाती पत्रकार महासंघ(फोनिज) नुवाकोटका सल्लाहाकार नवदिप श्रेष्ठले संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयमा कार्यपत्र प्रस्तुत गर्दे नुवाकोटको संचारमाध्यममा आदीवासी जनजाती समुदायको उपस्थिति उत्साहजनक भएको बताए । श्रेष्ठले आफ्ना भाषा र संस्कृतिलाई संचारमाध्यामार्फत प्रकाशन प्रसारण गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा फोनिज नुवाकोटकी अध्यक्ष शक्तिमाया तामाङले समाचार सम्प्रेषणको सवालमा नुवाकोटका संचारकर्मीले सबै भाषा र जातीहरुलाई समान स्थान दिएको भन्दै खुशी व्यक्त गरिन ।

कार्यक्रममा नुवाकोटका संचारमाध्यमममा आदीवासी जनजातीहरुको उपस्थिति राम्रो भए पनि उनीहरु लक्षित कार्यक्रम र लेख रचनाहरु संचार माध्यमममा आउन नसकेको सरोकारवालाहरुले बताएका छन ।

प्रतिक्रिया