पुस्ता हस्तान्तरण हुँदा भाषाहरु लोप भयो : जिसस प्रमुख तामाङ

नुवाकोट, जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङले पुस्ता हस्तान्तरण हुँदा भाषाहरुको लोप भएको बताएका छन ।

नेपाल आदीवासी जनजाती पत्रकार महासंघ(फोनिज) को २० औ स्थापना दिवसको अवसरमा सोमबार विदुरमा आयोजित संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तामाङले सो कुरा बताएका हुन । जिसस प्रमुख तामाङले जात,धर्म र संस्कृतिको रक्षा गर्ने अन्तिम अवसर रहेको भन्दै सबै मिलेर मौलिक संस्कृति र भाषाको रक्षा गर्न लाग्नुपर्ने बताए । जिसस प्रमुख तामाङले भाषाको प्रयोग नभएमा त्यसको अस्तित्व हराउने भन्दै पछिल्लो समय लगानी गरेर मौलिक भाषा बेच्ने काम भएको बताए ।

कार्यक्रममा नेपाल आदीवासी जनजाती पत्रकार महासंघ(फोनिज) नुवाकोटका सल्लाहाकार नवदिप श्रेष्ठले संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयमा कार्यपत्र प्रस्तुत गर्दे नुवाकोटको संचारमाध्यममा आदीवासी जनजाती समुदायको उपस्थिति उत्साहजनक भएको बताए । श्रेष्ठले आफ्ना भाषा र संस्कृतिलाई संचारमाध्यामार्फत प्रकाशन प्रसारण गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा फोनिज नुवाकोटकी अध्यक्ष शक्तिमाया तामाङले समाचार सम्प्रेषणको सवालमा नुवाकोटका संचारकर्मीले सबै भाषा र जातीहरुलाई समान स्थान दिएको भन्दै खुशी व्यक्त गरिन ।
कार्यक्रममा नुवाकोटका संचारमाध्यमममा आदीवासी जनजातीहरुको उपस्थिति राम्रो भए पनि उनीहरु लक्षित कार्यक्रम र लेख रचनाहरु संचार माध्यमममा आउन नसकेको सरोकारवालाहरुले बताएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया