प्रदेश युवा परिषद् गठन हुने
विदुर खबर
२०७६ साउन २७ गते १७:०७

नुवाकोट, प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले चालू आवमा नै प्रदेश युवा परिषद् गठन गर्ने बताउनुभएको छ ।
बीसौं औ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित ‘प्रदेश युवा विकाससम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धी छलफलमा उहाँले प्रदेश युवा परिषद् गठन सम्बन्धी कानून निर्माणको चरणमा रहेको बताउनुभएको छ ।
मन्त्री दुलाले युवाहरुले आफूसँग जे विज्ञता छ त्यसमा नै काम गर्नुपर्ने बताउँदै युवाको अधिकार प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । सामाजिक विकाश मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुवेदीले युवाको क्षेत्रमा काम गर्नका लागि आफूहरु तयार रहेको बताउनुभयो ।
सम्बन्धित
प्रतिक्रिया