धादिङको बेनिघाटरोराङ गाउँपालिकामा बन्न लागेको हुवासिन सिमेन्टलाई झड्का

विदुर खबर २०७६ साउन २६ गते १९:३१

Timure Yatayat Bus

Advertisement

नुवाकोट, संसदको सार्वजनिक लेखा समितिले चिनिया लगानीको ह्वाजिङ सिमेन्टलाई जग्गा भाडामा दिन धादिङको बेनिघाटरोराङ गाउँपालिकाले गरेको सम्झौता रद्द गर्न निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले नेकपा सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले गत साता बुझाएको प्रतिवेदनको आधारमा यस्तो निर्देशन दिएको हो । गाउँपालिकाले ५० वर्षका लागि उद्योगलाई सार्वजनिक जग्गा भाडामा दिने सम्झौता गरेको थियो ।

Advertisement

उपसमितिले लगानी बोर्ड ऐन २०६८ को दफा १० को उपदफा ९ तथा लगानी बोर्ड नियमावलीको नियम १९ को उपनियम ४ बमोजिम सिमेन्ट उद्योगमा लगानी गर्न अनुमति प्राप्त गर्दा र उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गर्दा राखिएका सर्तहरु पालना नगरेको भन्दै सम्झौता रद्द गर्न सिफारिस गरेको थियो । १४ अर्ब ४० करोड चीनीयाँ लगानीमा उद्योग निमार्ण भइरहेको छ ।

प्रतिक्रिया