करुणाजी, ५५ वर्षे श्रीमानले हैरान पारे, के दबाई छ ?

विदुर खबर २०७४ फागुन २६ गते ८:३९

करुणाजी नमस्ते,

Advertisement

म ५२ वर्षकी भएँ । विवाह भएको ३३ वर्ष भैसक्यो । उहाँसँग चिनजान भएको हिसाब गर्ने हो भने हामी ३५ वर्षदेखि एक अर्काको प्रेममा छौँ ।

विवाहको सुरुवाती दिनमा मेरो श्रीमानको यौनइच्छा तीब्र थियो । त्योबेला शारीरिक सम्पर्क दैनिक हुनुपर्छ र मन भएको खण्डमा दिनको दुई पटक सम्म हुनुपर्छ भन्ने धारणा थियो । त्योबेला उमेरमा यस्तो धारणा सबैको हुन्छ होला ।

Advertisement

तर, आज उहाँ ५५ वर्ष भैसक्दा पनि उहाँमा यो सोचमा परिवर्तन भएको छैन । म भने यो सोचको विपरीत छु । यही कारण उहाँ ममाथि के आरोप लगाउनु हुन्छ भने मैले उहाँसँगको यौन सम्बन्धलाई बुझ्न सकेको छैन ।

म भने सुरुदेखि नै यौन लगातार अत्यावश्यक वस्तुजस्तो हुनुहुँदैन र यौन यस्तै हुनुपर्छ भन्ने धारणाको विरोधी हुँ । उहाँको यस्ता कुरा सुन्दा मलाई निकै रीस उठ्छ । म दैनिक यौन सम्पर्क मन पराउँदिन । यसका लागि झगडा पनि पर्छ । तर उहाँ मान्नु हन्न । मैले सहमतिमा हप्ताको एकपटक यौन सम्र्पक गर्ने कुरामा सहमति गर्न बारम्बार आग्रह गरिसकेँ । उहाँ भने त्यसरी आफ्ना यौन ईच्छालाई मार्न नसक्ने कुरा गर्नुहुन्छ ।

Advertisement

केहीपछि उहाँको परस्त्रीसँग यौन सम्बन्ध भएको पनि थाहा पाएँ । म सातामा एकपल्ट र उहाँ दैनिक एकपल्ट भन्ने कुरामा झगडा गर्दागर्दै हाम्रो विवाह सम्वन्ध भएको यत्रो वर्ष बितिसकेछ ।  मैले अहिले आएर थाहा पाएँ, उहामा मनोरोगको कारण यौन चाहना तिब्र भएको रहेछ । यसको कुनै उपचार सम्भव छ ? यसको कुनै औषधि छ ? बताई दिनुभए आभारी हुनेथिएँ ।

समाधानको उपाय

मिसेस,

तपाईको प्रश्न पढ्दा तपाईहरुवीच शुरुदेखि नै सम्मान गर्ने स्वाभावमा कमी भएको बुझिन्छ । दुबैको यौनईच्छाका बीच तादात्म्य नमिलेको जस्तो छ, कता कता सुसंयोजन नभएको जस्तो बुझिन्छ । तै पनि यो समस्या तपाईंहरुको मात्र होइन । यस्ता धेरै समस्या संसारभरिका मनोविद्हरुले समाधान गरिसक्नु भएको छ भन्ने कुरा सुरुमै आग्रह गर्न चाहन्छु ।

धेरैअघि बेलायतमा गरिएको एउटा राष्ट्रिय सर्वेक्षण अनुसार २७.४ प्रतिशत महिलामा र  २३.४ प्रतिशत पुरुषमा यौन चाहनामा भिन्नता हुने जनाएको छ । तर, कहिलेकाहिँ महिलामा यौन चाहना पुरुषमा भन्दा बढी हुने पनि पाइएको छ ।

जब यौन चाहनामा भिन्नता भएको थाहा पाइन्छ एक अर्कालाई दोष लगाउनु भन्दा पनि किन भिन्नता आइरहेको छ यसको समाधान दुईजना मिलेर खोज्ने र दवैलै उपयुक्त समाधान खोज्नु उचित हुन्छ ।

यस्तो हुनुका पछाडि तनाव वा हार्मोनको गडबढी, नयाँ औषधीको सेवन आदि हुन सक्छ । उच्चस्तरको सन्तुष्टि प्राप्त गर्नेमा दुईजना वीचको गुणस्तरीय सम्वाद गर्ने सीप नै सबैभन्दा महत्वपूर्ण हुने हुँदा कतै यसमा कमी आइरहेको पो छ कि खोज्न जरुरी छ । जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीँ यौनका बारे वा भनौं दुवैको शरीरलाई राम्ररी बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या नै हुने गरेको धेरै उदाहरणहरु छन् ।

एकअर्कालाई दोष लगाउने गर्दा दैनिक जीवनमा विभिन्न समस्या सिर्जना हुन सक्छ र तपाईको सम्बन्ध झन् जटिल बन्दै जान्छ । दुईजना वीच यौन चाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ ।

तपाईको समस्याको वास्तविकतामा पुग्नु अगाडि यस्ता धेरै विषयहरुलाई केलाउनुपर्ने हुन्छ । यौन प्रवृत्तिमा कुनै फरकपन आएको हो र थप अप्ठयारो बनाउन नदिन बरु तपाईहरुको यौन ईच्छा या दैनिक जीवनका बारेमा कुरा गर्न जरुरी छ ।

तपाईहरु वीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि त्यो पनि प्रष्ट हुन जरुरी हुन्छ । हरेक व्यक्तिको यौन ईच्छा फरक हुन्छ, दुई व्यक्ति जब दाम्पत्य जीवनमा प्रवेश गर्छन्, एक अर्काको यौन ईच्छाको फरकपनलाई कसरी एकै खालको बनाउने त्यो चाही महत्वपूर्ण कुरा हो ।

यस्तो समस्या ‘रिलेसन अबसेसिस कम्पल्सिभ डिसअर्डर’ (आरओसी डी) मा पनि हुने गर्छ । जर्नल अफ सेक्सुयल मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार (आरओसीडी) कुनै एक पार्टनरमा छ भने यसको सिधै असर यौन सम्बन्धमा र वैवाहिक सम्बन्धमा पर्छ । तपाईले उल्लेख गरेको समस्या हेर्दा तपाईहरु दुवैले यो समस्या कहाँबाट उत्पन्न भइरहेको छ भन्ने कुरा पत्ता लगाउन जरुरी छ ।

तपाईले आफ्नो श्रीमानसँग धेरै केटीहरुसँगको सम्पर्कले शारीरिक र सामाजिक जीवनमा असर पर्न सक्ने कुरा, यौन रोगहरुको संक्रमण हुने खतराको बारेमा छलफल गर्न जरुरी हुन्छ । जसले गर्दा पछि आउन सक्ने पश्चातापको भावना लाई रोक्न सक्दछ ।

तपाईका श्रीमानको यौन चाहनाको तिव्रता वारम्वार आउने भएको पनि हुन सक्छ । यस्तो व्यवहार असामान्य होइन । सर्वप्रथम त उहाँमा कुनै समस्या छ वा छैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ  । तपाई र तपाईको पार्टनरले एकअर्कासँगको सम्बन्ध कसरी विताउने र तपाइृको यौन ईच्छा कसरी पूरा गर्ने भन्ने बारेमा छलफल र निर्णय लिन जरुरी हुन्छ ।

यदि माथि उल्लेखित विधिहरुले पनि काम गरेनन् भने तपाईका श्रीमानले पनि उहाँको समस्या बारेमा आफैंले कसरी र कुन विज्ञलाई भेट्ने हो निर्णय लिन जरुरी हुन्छ र तपाईले पनि आफ्नो केही समस्या हो भने समयमा नै पहिचान गरी सुल्झाउन जरुरी हुन्छ ।

प्रतिक्रिया