टोखा–झोर–गुर्जेभन्ज्याङ सडक सुधार्न सांसद आफै सडकमा

विदुर खबर २०७६ साउन २५ गते १३:१०

Timure Yatayat Busनुवाकोट, टोखा–झोर सडक सुधार्न सांसद आफै सडकमा उत्रिएका छन ।

Advertisement

प्रतिनिधिसभाका सांसद वहादुरसिंह लामा शनिवार नेपाली कांग्रेसले आयोजना गरेको वृहत श्रमदान अभियानमा सांदि लामा आफै सडकमा उत्रिएर कोदालो र सावेलले माटो खन्दै र फाल्दै गर्दे थिए । उनलाई साथ दिन कांग्रेसका महामन्त्रि डा प्रकाशशरण महत र नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धुव्र अधिकारी सहितको टोली पनि सडकमै देखिएका थिए ।

सडकको विजोक अवस्था देखेर बारम्बार नुवाकोटका निर्वातिच सांसदहरुले ठेकेदार र सडक विभागसँग कुरा गर्दा समेत सडकको स्तर अझै नाजुक बन्दै गएको छ । गत साता नेपाली कांग्रेसका जिल्ला सभापतिको टोलीलले पनि भौतिक योजनामन्त्रि रघुविर माहासेठलाई आग्रग गरेको थियो । मन्त्रि महासेठले सातदिनभित्र सो बाटो स्तरउन्नतीको लागि प्रतिवद्धता व्यत्त गरेपनि अझै सडक नाजुक अवस्थामै छ ।

Advertisement

प्रतिक्रिया