शिक्षक लाइसेन्सको परीक्षा असोज ९, १० र ११ मा हुने
विदुर खबर
२०७६ साउन २४ गते १०:१८

नुवाकोट, शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को परीक्षाको मिति सार्वजनिक गरेको छ ।
आयोगका अनुसार प्राथमिक तहको असोज ९ गते , माध्यमिक तहको असोज १० गते र निम्न माध्यमिक तहको परीक्षा असोज ११ गते हुने भएको छ । प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिने जनाइएको छ । परीक्षा केन्द्र पछि सार्वजनिक गरिने आयोगले स्पष्ट पारेको छ ।
आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको शिक्षक लाइसेन्सका लागि विज्ञापन गरेको थियो । आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् ।
जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ ।
Advertisement

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया