वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा दुईपिपलका लामिछाने पक्राउ
नुवाकोट,नुवाकोटको ककनी गाँउपालिका वडा नं. १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले बेलकोटगढी नगरपालिका– ५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ ।
प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध रहेर उनी सहितका व्यक्तिहरुले यही साउन १४ गते राती वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा लामिछानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो । उहाँको अनुसार लामिछानेलाई आइतबार काठमाडौको किर्तिपुर स्थित उनले सञ्चालन गर्दै आएको स्टेशनरी पसलबाटै नियन्त्रणमा लिएर अनुसन्धानको लागी नुवाकोट ल्याइएको हो । सोमबार जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेलाई तीनदिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिइएको छ ।
उनी हाल किर्तिपुरमा व्यवसाय गर्दै आएकाले प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध नभएकाले रिहा गर्न परिवारले आग्रह गरेका छन् । नेकपा विप्लव समूहको खुला राजनीतिक गतिविधिको समयमा समर्थक भएपनि उक्त पाटीको क्रियाकलापलाई सरकारले प्रतिबन्ध लगाएसगैँ उहाँ व्यवसाय तर्फ लाग्नुभएकाले रिहा गरिदिन पक्राउ परेका लामिछानेको श्रीमति रश्मी ढुङ्गानाले माग गर्नुभयो ।
पक्राउ परेका लामिछानेले तत्कालीन नेकपा माओवादीको भूमिगत राजनीतिमा आबद्ध भएर २०५८ मा दुईपिपल गाउँ जनसरकार प्रमुखको जिम्मेवारी पाएका थिए । उनी हाल किर्तिपुरमा व्यवसाय गर्दै आएका छन् भने नुवाकोटमा रहेको जनजागरण कृषि सहकारी सँस्थाको सचिव एंव कामरुदेवी मावि, इन्द्रेश्वर आधारभूत विद्यालय र झिल्केश्वरी सामुदायिक वन उपभोक्ता समितिको निवर्तमान हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया