वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा दुईपिपलका लामिछाने पक्राउ

विदुर खबर २०७६ साउन २० गते २२:१०

Timure Yatayat Busनुवाकोट,नुवाकोटको ककनी गाँउपालिका वडा नं. १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले बेलकोटगढी नगरपालिका– ५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ ।

Advertisement

प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध रहेर उनी सहितका व्यक्तिहरुले यही साउन १४ गते राती वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा लामिछानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो । उहाँको अनुसार लामिछानेलाई आइतबार काठमाडौको किर्तिपुर स्थित उनले सञ्चालन गर्दै आएको स्टेशनरी पसलबाटै नियन्त्रणमा लिएर अनुसन्धानको लागी नुवाकोट ल्याइएको हो । सोमबार जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेलाई तीनदिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिइएको छ ।

उनी हाल किर्तिपुरमा व्यवसाय गर्दै आएकाले प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध नभएकाले रिहा गर्न परिवारले आग्रह गरेका छन् । नेकपा विप्लव समूहको खुला राजनीतिक गतिविधिको समयमा समर्थक भएपनि उक्त पाटीको क्रियाकलापलाई सरकारले प्रतिबन्ध लगाएसगैँ उहाँ व्यवसाय तर्फ लाग्नुभएकाले रिहा गरिदिन पक्राउ परेका लामिछानेको श्रीमति रश्मी ढुङ्गानाले माग गर्नुभयो ।

Advertisement

पक्राउ परेका लामिछानेले तत्कालीन नेकपा माओवादीको भूमिगत राजनीतिमा आबद्ध भएर २०५८ मा दुईपिपल गाउँ जनसरकार प्रमुखको जिम्मेवारी पाएका थिए । उनी हाल किर्तिपुरमा व्यवसाय गर्दै आएका छन् भने नुवाकोटमा रहेको जनजागरण कृषि सहकारी सँस्थाको सचिव एंव कामरुदेवी मावि, इन्द्रेश्वर आधारभूत विद्यालय र झिल्केश्वरी सामुदायिक वन उपभोक्ता समितिको निवर्तमान  हुन् ।

प्रतिक्रिया