नुवाकोटमा मेलमिलापमार्फत ४ सय ८५ मुद्धा मिलाइयो

विदुर खबर २०७६ साउन २० गते २०:१९

Timure Yatayat Busनुवाकोट, नुवाकोटमा मेलमिलापमार्फत एकवर्षमा  ४ सय ८५ मुद्धाको किनारा लगाईएको छ ।

Advertisement

प्राकृति स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल नुवाकोटले सोमबार बट्टारमा आयोजना गरेको सामुदायिक मेलमिलाप सम्बन्धि जिल्लास्तरी अभिमुखी करण तालिममा सो कुराको जाकनारी गराईको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिकी उप्रमुख अप्सरा थापाले गाउँगाउँमा भएका साधसिमानादेखि जटिल किसिमको विवादहरु केन्द्रले मिलाउन सकेको भन्दै खुशी व्यक्त गरिन ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरिक्षक कृष्ण पल्लीमगरले मेलमिलाप केनद्रले आफुहरुको कामको बोझ घटाएको भन्दै मेलमिलाप केन्द्रलाई धन्यवाद दिए । प्रहरी उपरिक्षक मगरले मेलमिलाप केन्दलाई प्राकृतिक स्रोतमाथि भएको विवाद मिलाउन समेत पहल गर्न आग्रह गरे । कार्यक्रममा प्राकृति स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल नुवाकोटका कार्यक्रम संयोजक सिताराम पौडेलले मेलकिलाप केन्द्रमार्फत विवाद समाधान भएमा समय र पैसा दुबैको बचत हुने बताए । उनले आगामी दिनमा न्यायिक समितिसँग सहकार्य गर्दे गाउँगाउँमा देखिएका विवाद समाधान गर्न सहजीकरण गर्ने बताए ।

Advertisement

कार्यक्रममा जिल्ला अदालत नुवाकोटका श्रेष्तेदार शिवप्रसाद बन्जारा, नेपाल वार नुवाकोटका अध्यक्ष देवराज कडेँल लगायतले मेलमिलाप केन्द्रले अदालत र न्यायिक समितिको मेलमिलाप केन्द्रले बोझ हटाएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया