नुवाकोटका जनप्रतिनिधिले आफुलाई सर्वसर्वाे ठाने : सरोकारवाला
नुवाकोट, नुवाकोटका स्थानिय तहका जनप्रतिनिधिहरुले आफुलाई सर्वेसर्वाे ठान्ने गरेको सरोकारवालाहरुले बताएका छन ।
सोमबार पारस्पारिक जवाफदेहिता परियोजनाले आयोजना गरेको नागरिक समाज स्थानिय सरकारविच सहकार्य एवं सुशासन प्रर्वदन विषयक अन्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिकी उपप्रमुख अप्सरा थापाले नागरिक समाज र सरोकारवाला निकायहरुबिच सहकार्य भएमा मात्र जनताको मुद्धा र समस्याहरुको समाधान खोज्न सकिने बताइन । त्यस्तै प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले पछिल्लो समय नागरिक समाजले स्वतन्त्र ढंगले काम गर्न नसकेको बताए । प्रजिअ पोखरेलले नागरिक समाज र स्थानिय सरकारबिच काम गर्ने सवालमा समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
सो कार्यक्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामाले ऐन कानुन र दक्ष जनशत्तिको अभावमा जनताले चाहेको सुविधा दिन नसकेको बताए । त्यस्तै विदुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले नागरिक समाज र स्थानिय सरकारविच घनिष्ट सम्बन्ध भएपनि सामाजिक संरचना र भुमिकाले गर्दा काम गर्ने सवालमा केहि असहजता भएको बताए । कार्यक्रममा नागरिक समाजका नुवाकोटका अध्यक्ष वावुराम लामिछानेले राजिनितक मुद्धाले नागरिक समाजको मुद्धाहरु ओझेलमा परेको आभास भएको बताए ।
कार्यक्रममा नुवाकोट उद्योग पाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की,उपभोत्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्र पण्डित, गैसस महासंघकका लोचन भट्टराई र राप्रपा नुवाकोटका विष्णु सापकोटा लगायतले पछिल्लो समय नागरिक समाज दलगतभन्दा माथि उठ्न नसकेको तथा काम गर्दा स्थानयि सरकारले जवाफदेहिता नअपनाएको बताएका थिए । कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थििति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया