गोसाइँकुण्ड मार्गमा सरसफाइ

फाईल फोटो
रसुवा, नजिकिँदै गरेको पवित्र तीर्थ गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी वातावरण स्वच्छता कायम गर्न धार्मिक मार्गको सरसफाइ अभियान शुरु गरिएको छ ।
धुञ्चे बजारबाट शनिबारदेखि शुरु गरिएको मोटर र पैदल मार्गको सफाइ अभियान त्रिशूली नदीको तिवारी बजारतर्फ सरसफाइ सम्पन्न गरी जम्मा भएको २०० क्विन्टल भन्दा बढी फोहर व्यवस्थापन गरिएको प्रमुख भाग्येन्द्र पुरुषोत्तम ढकालले बताउनुभयो । यही साउन २६ देखि ३० गते जनैपूर्णिका दिनसम्म लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन हरित युवा पर्यटन समाजको अगुवाइमा सरसफाइ अभियान सञ्चालन गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
पैदल मार्गको अवस्था र सुरक्षाकर्मी परिचालन गर्ने स्थानको पहिचानका लागि रसुवाका प्रजिअ अर्जुन भण्डारीको नेतृत्वमा देउराली क्षेत्रमा शनिबार स्थलगत निरीक्षण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यात्राका क्रममा उत्पन्न फोहर जथाभावी नफ्याँक्न आग्रह गर्दै गोसाइँकुण्ड क्षेत्र विकास समितिले निगालोको मात्र लौरो प्रयोग गर्न आग्रह गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया