मेलमिलापकर्ताले पाएको सम्पत्ति नै समुदायको विश्वास : सरोकारवालाहरु
नुवाकोट, मेलमिलापकर्ताले पाएको सम्पत्ति नै समुदायको विश्वास भएको सरोकारवालाहरुले बताएका छन ।
आईतबार नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ मा आयोजना गरिएको न्यायिक समिति,मेलमिलापकर्ता र सरोकारवालाहरुबीच अनुभव अदानप्रदान कार्यक्रममा सरोकारवालाहरले सो कुरा बताएका हुन । कार्यक्रममा वडा नमबर ४ का वडाअध्यक्ष दलबहादुर राईले मेलमिलापकर्ताले गाउँपालिकाको शिर उँचो बनाएको भन्दै समुदायको विश्वास जित्नु नै मेलमिलापकर्ताको सफलता भएको बताए । उनले मेलमिलापकर्ताले पुरै गाउँपालिकाको नाम उच्च गरेकोमा खुशी व्यत्त गरे । त्यस्तै गाउँपालिकाका न्यायिक समितिका सदस्य संजीववहादुर राईले गाउँपालिकाको वेही वडामा भवन अभावले मेलमिलापकर्ताहरुलाई काम गर्न असहज भएको भन्दै देखिएका समस्यालाई छिट्टै समाधान गर्ने बताए ।
त्यस्तै कार्यक्रममा प्राकृतिक स्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका नुवाकोट संयोजक सीताराम पौडेलले नुवाकोटको लिखु गाउँपालिकाले मेलमिलापमार्फत देशभरमै उत्कृष्ट काम गरेको भन्दै खुशी व्यत्त गरे । उनले कार्यक्रम कुनै संस्थाको मात्र नभई सबैले अभियानको रुपमा लग्नुपर्ने बताए । कार्यक्रममा लिखु गाउँपालिका वडा नम्बर ६ का मेलमिलापकर्ता नवराज थापाले मेलमिलापकर्ताले समाजमा मेलमिलाप गनृ जाँदा प्रस्तुति दिएर जनताको मन जित्न सक्नुपर्ने बताए । उनले प्रहरीसँग समन्वय गरेर काम गरेमा सहज किसिमले काम गर्न सकिने बताए । नुवाकोटमा ८ सय मेलमिलाकर्ताहरुले १२ वट्टै स्थानिय तहको सबै वडामा पुगेर द्धन्द्ध ररुमान्तरणको लागि प्रभावकारी रुपमा काम गरिरहेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया