मेलमिलापकर्ताले पाएको सम्पत्ति नै समुदायको विश्वास : सरोकारवालाहरु

विदुर खबर २०७६ साउन १९ गते २०:५६

Timure Yatayat Busनुवाकोट, मेलमिलापकर्ताले पाएको सम्पत्ति नै समुदायको विश्वास भएको सरोकारवालाहरुले बताएका छन ।

Advertisement

आईतबार नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ मा आयोजना गरिएको न्यायिक समिति,मेलमिलापकर्ता र सरोकारवालाहरुबीच अनुभव अदानप्रदान कार्यक्रममा सरोकारवालाहरले सो कुरा बताएका हुन । कार्यक्रममा वडा नमबर ४ का वडाअध्यक्ष दलबहादुर राईले मेलमिलापकर्ताले गाउँपालिकाको शिर उँचो बनाएको भन्दै समुदायको विश्वास जित्नु नै मेलमिलापकर्ताको सफलता भएको बताए । उनले मेलमिलापकर्ताले पुरै गाउँपालिकाको नाम उच्च गरेकोमा खुशी व्यत्त गरे । त्यस्तै गाउँपालिकाका न्यायिक समितिका सदस्य संजीववहादुर राईले गाउँपालिकाको वेही वडामा भवन अभावले मेलमिलापकर्ताहरुलाई काम गर्न असहज भएको भन्दै देखिएका समस्यालाई छिट्टै समाधान गर्ने बताए ।

त्यस्तै कार्यक्रममा प्राकृतिक स्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका नुवाकोट संयोजक सीताराम पौडेलले नुवाकोटको लिखु गाउँपालिकाले मेलमिलापमार्फत देशभरमै उत्कृष्ट काम गरेको भन्दै खुशी व्यत्त गरे । उनले कार्यक्रम कुनै संस्थाको मात्र नभई सबैले अभियानको रुपमा लग्नुपर्ने बताए । कार्यक्रममा लिखु गाउँपालिका वडा नम्बर ६ का मेलमिलापकर्ता नवराज थापाले मेलमिलापकर्ताले समाजमा मेलमिलाप गनृ जाँदा प्रस्तुति दिएर जनताको मन जित्न सक्नुपर्ने बताए । उनले प्रहरीसँग समन्वय गरेर काम गरेमा सहज किसिमले काम गर्न सकिने बताए । नुवाकोटमा ८ सय मेलमिलाकर्ताहरुले १२ वट्टै स्थानिय तहको सबै वडामा पुगेर द्धन्द्ध ररुमान्तरणको लागि प्रभावकारी रुपमा काम गरिरहेका छन ।

Advertisement

प्रतिक्रिया