समाज सचेतन केन्द्रको साधारणसभा सम्पन्न

विदुर खबर २०७६ साउन १८ गते १७:२५

Timure Yatayat Busनुवाकोट, समाज सचेतन केन्द्र नुवाकोटको २० औ वार्षिक साधारणसभा शनिवार विदुरमा सम्पन्न भएको छ ।
साधारणसभामा बोल्दै केन्द्रका अध्यक्ष यमकुमार खातीले नागरिकका जल्दाबल्दा समस्या समाधान गर्नसबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले काम गर्ने संस्थालाई राज्यले सहयोग नगरेको भन्दै कागज मिलाएर बस्ने संस्थालाई मात्र सरकारले हेर्ने गरेको बताए ।
साधारणसभामा बहुउद्देश्यीय सामुदायिक साझेदारी भवन निर्माण गर्दा बाँकी रहेको १० लाख ३२ हजार रुपैयाँ क्रृण तिर्न नयाँ योजना बनाउने निर्णय गरेको छ । साथै साधारणसभाले लेखा परिक्षण गर्न लेखापरिक्षकको रुपमा टिकाजंङ पाण्डेलाई नियुत्त गर्ने निर्णय गरेको भने पुन सिलाई कटाई आधारभुत र स्पेसल गरि ६० जनालाई तालिम सञ्चालन गर्ने समेत निर्णय गरिएको छ ।

Advertisement

साधारणसभाले आगामी कार्यक्रमको वर्षम ागनृे कार्यक्रमहरु समेत सर्वसहमत रुपमा पास गरेको सचिव हरिराम भण्डारीले जाकनारी दिए । कार्यक्रममा शिवकुमार मिश्र, ईन्द्रबहादुर पण्डित ,सन्तोष खनाल, रामहरि रिमाल बाजे, धनकुमारी रिजाल लगायतले केन्द्रलाई सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया