नुवाकोट जिल्ला लिग : युनिक व्वाईजद्धारा गंड्खारमाथि गोलको वर्षा

विदुर खबर २०७६ साउन १८ गते ११:२६

Timure Yatayat Busनुवाकोट, नुवाकोटमा जारी नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिता अन्र्तगत शनिवार भएको खेलमा युनिक व्वाईज क्लब ढुङेगेले गंड्खार युथ क्लबमाथि गोलको वर्षा गरेको छ ।

  फाईल फोटो

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा केहीवेरअघि सम्पन्न खेलमा युनिक व्वाईज क्लबले गंड्खार युथ क्लबलाई १४–० को फराकिलो गोल अन्तरले पराजित गरेको नुवाकोट फुटवल संघले जनाएको छ । युनिक व्वाईजलाई फराकिलो जित दिलाउन तेज तामाङले डबल ह्याट्रिक पुरा गरेका हुन । आजको जितसँगै युनिक व्वाईज क्लब समुह ‘बि’ को शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि पहिलो खेलमा तप्त युवा क्लबसँग बराबरी खेलेको युनिक व्वाईजले दोस्रो खेलमा नवज्योति युवा क्लब रातमाटेलाई एक शुन्य गोलको अन्तरले पराजित गरेको थियो । समुहको शीर्ष स्थानमा उक्लिएको युनिकले समुहको अन्तिम खेलमा सुनधारा युवा क्लब रसुवासँग आईतबार प्रतिष्पार्धा गर्नेछ ।

Advertisement

यसअघि शुक्रबार नुवाकोट युनाइटेड क्लब लगातार तीन जित हात पार्दे क्वाटर फाईनल प्रवेश गरेको छ । नुवाकोट फुटवल संघको आयोजनामा भइरहेको प्रतियोगितामा १८ ओटा क्लबले सहभागिता जनाएका छन ।

प्रतिक्रिया