मस्तिष्कलाई विर्गान सक्छ, तपाईको दिनभरको यस्तो बानीले ?

विदुर खबर २०७४ फागुन २५ गते १०:३७

मस्तिष्क, जसले समग्र शरीरलाई नियन्त्रणमा राख्छ । जब मस्तिष्कमा गडबडी हुन्छ, हामी नियन्त्रणबाहिर जान्छौं । मस्तिष्क आफैमा संवेदनसिल र महत्वपूर्ण भाग हो ।

Advertisement

शरीरलाई स्वस्थ राख्न मस्तिष्कलाई स्वस्थ्य राख्न अनिवार्य छ । तर हामीले दैनिक जीवनमा गर्ने कतिपय गल्तीहरु छन्, जसले मस्तिष्कको कार्यक्षमतामा ह्रास आउन सक्छ ।

आखिर, हामीले गर्ने दिनभरको त्यस्तो गल्ती के हो, जसले हाम्रो मस्तिकलाई विगार्न सक्छ ?

Advertisement

निद्राको कमी

शरीर तथा मस्तिष्कको समग्र विकासका लागि पर्याप्त मात्रामा निद्रा आवश्यक छ । मस्तिष्कलाई ताजा र स्वस्थ्य राख्न दिनहुँ ७ वा ८ घण्टाको गहिरो निन्द्रा लिनुपर्छ ।

Advertisement

अपर्याप्त निद्राको कारण मस्तिष्कका कोषिका निस्कृय हुनुका साथै अनावश्यक दवाव पर्छ । त्यसले मस्तिष्कको कार्य क्षमतामा ह्रास आउँछ । र, यसको नकारात्मक असर मस्तिष्कमा पर्ने गर्छ । कतिसम्म भने यसकै कारण स्मरण शक्ति समेत कमजोर हुन थाल्छ ।

एक्लै बस्ने बानी

एक्लै समय व्यतित गर्ने मानिसमा अल्जाइमरको सम्भावना बढ्ने गर्छ । एक्लै बस्ने बानीका कारण मस्तिष्कमा नराम्रो असर पर्ने गर्छ ।

जंकफुडको सेवन

प्राय जंकफुडमा अजिनोमोटोको प्रयोग गरिएको हुन्छ । आवश्यक्ता भन्दा बढी अजिनोमोटोको सेवनले मस्तिष्कलाई असर पार्छ । विशेषगरी, मस्तिष्कमा हुने न्युरोन रिसेप्टर्सलाई यसले असर पार्छ । जसका कारण टाउको दुख्ने, दुविधा बढ्ने, वान्ता हुने, पेट दुख्ने लगायतको समस्या हुने गर्दछ ।

ठूलो स्वर

लगातार घण्टौसम्म एयर फोन तथा हेड फोन लगाएर ठूलो स्वरमा गीत सुन्ने गर्नाले पनि मस्तिष्कका कोशिकामा असर पर्ने गर्छ । जसका कारण मस्तिष्कमा समेत असर पर्ने गर्छ । यसकै कारण अल्जाइमरको समस्या समेत हुने गर्छ ।

निस्क्रिय जीवनशैली

निस्क्रिय जीवनशैलीका कारण पनि मस्तिष्कमा नकारात्मक असर पर्ने गर्छ । विशेषगरी, निस्क्रय जीवनशैली भएमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग लगायतका समस्या निम्तने गर्छ । जसले मस्तिष्कमा गम्भीर असर पार्न सक्छ ।

धुमपान

धुमपान गर्नाले शरीरबाट कयौ हानीकारक रसायनहरु निस्कने गर्छ । यसले रगतलाई गाढा बनाइदिन्छ, जसले गर्दा मस्तिष्कमा रक्तसञ्चार कम हुने गर्छ । साथै , मस्तिष्कमा अक्सिजनको प्रवाह समेत कम हुने गर्छ । मस्तिष्कमा अक्सिजन राम्ररी नपुगमो मस्तिष्क विग्रने सम्भावना बढ्ने गर्छ ।

आवश्यक्ता भन्दा बढी खानाको सेवन

कयौ मानिसको बानी हुन्छ, खाना देख्नै नसक्ने । र, खाना देख्यो कि मनले थाम्नै नसक्ने । आवश्यक्ता भन्दा बढी मात्रामा खानेकुराको सेवनले केही समयका लागि जिव्रोले स्वाद त पाउला । पेटलाई पनि सन्तोष होला ।

तर शरीरका लागि चाहिने भन्दा बढी मात्रामा खानेकुराको सेवनले मस्तिकलाई भने असर पार्न सक्छ । आवश्यक्ता भन्दा बढी मात्रामा खानेकुराको सेवनले मस्तिष्कका नशालाई कडा बनाइदिन्छ, जसले मस्तिकको काम गर्ने क्षमतामा कमी ल्याउन सक्छ ।

विरामी हुदाँ काम गर्ने बानी

काम तथा पढाईको चापका कारण कयौ मानिस आराम गर्नै पनि विर्सने गर्छ । विशेषगरी, विरामी अवस्थामा शरीरलाई पर्याप्त मात्रामा आराम नमिलेको खण्डमा मस्तिष्कले राम्रोसितले काम गर्न सक्दैन । परिणामस्वरुप मस्तिष्कमा दीर्घकालीन असर पर्न सक्छ ।

प्रतिक्रिया