गेर्खु जाने सडक हरिविजोक अवस्थामा (फोटो फिचर)

विदुर खबर २०७६ साउन १७ गते १९:५३

Timure Yatayat Busनुवाकोट, विदुर नगरपालिका वडा नम्बर १० र ११ को गेर्खुमा सडक निर्माणका कारण यातायातको साधन ठप्प भएको छ । यातायातका साधन ठप्प भएसँगै स्थानिय सर्वसाधारण मर्कामा परेका छन ।

Advertisement

विदुर नगरपालिकाको वडा नं १० फुलबारीदेखि वडा नं ११ को गेर्खु हुँदै सुर्यगढी गाउँपालिकाको बागेश्वरीसम्म जोड्न लागेको गेर्खु–चोगते सडकखण्डको निर्माणका कारण सडकको हरिविजोक अवस्था हुँदा वडा नम्बर १० को गेर्खुटार,गैरीखर्क,माझगाउँ वडा नम्बर ११ को गेर्खु, माझगेर्खु लगायतका स्थानमा यातायातका साधन ठप्प भएका छन । गाउँमा यातायातका साधन नचल्दा आफुहरु मर्कामा परेको वडा नम्बर ११ का राजन प्याकुरेलले जानकारी दिए । गाउँमा यातायातको साधन ठप्प हुँदा पुरै वडावासी नै प्रभावित भएको उनले बताए । सडकको अवस्था दयनिय भएपछि स्थानियवासी सडक निर्माण कम्पनिसँग रुष्ट भएका छन । २०७५ साल असार २२ गते सम्झौता भएको सडक निर्माणको लागि सम्झौता भएपनि निर्माण कम्पनिले लापरवाहीले गाउँमा यातायातको सम्पर्क टुटेको गैरीखर्कका स्थानिय श्याम थापाले बताए ।

सो सडकको ठेक्का संघिय सांसद वहादुरसिंह लामाको हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । ठेक्का पाएका सो कमपनिले जगत तामाङ र गणेश लामालाई सव कन्ट्रयाक्टरको रुपमा काम र्दिको छ । सडकको विषयमा निर्माण कम्पनिलाई बारम्बार जानकारी गराउँदा समेत अवरुद्ध सडक ममृत नगरेको स्थानिबासीले बताएका छन । लामो समयदेखि सडक अवरुद्ध हुँदा सदरमुकाम आउन समेत समस्या भएको बढारीगाउँका पुरुषोत्तम घिमिरेले बताए ।

Advertisement

वडा नम्बर ११ मा बाटोको खराव अवस्थाको कारणले कोही विरामी परेमा एम्बुलेन्स नै जाँनै नसकक्ने अवस्था छ । बाटोको विषयमा निर्माण जगत तामाङ र गणोश लामालाई कम्पनिलाई जानकारी गराउँदा समेत सुनुवाई नभएको वडाअध्यक्ष तोयानाथ तिमिल्सेनाले बताए । सडक मर्मत संहारको लागि निरन्तर पहल गरिरहेको छु तर निर्माण कम्पनिले त्यति चासो दिएको छैन उनले भने ।

गेर्खुटार स्थानियवासीले एक महिनाअघि सडक सुधारको लागि ज्ञापनपत्र र मौखिक जानकारी गराउदा निर्माण कम्पनी बेवास्ता गरिरहेको छ । स्थानियवासीले बर्खा अगाडि नै ग्रावेल गरी हिडडुल गर्न सहज बनाईदिन आग्रह गरेपनि मागको सुनुवाई नभएको गेर्खुटारका रामप्रसाद प्याकुरेलले बताए ।

Advertisement

सदरमुकाम विदुरबाट मात्र ५÷६ किलोमिटरको दुरीमा रहेको साविकको गेर्खु गाविस सडक संजाल राम्रो नभएकै कारणले विकट मानिएको छ । विना पुर्वाधार नगरपालिका बनेको यस क्षेत्रले नगरपालिका भएको महसुस समेत गर्न सकेको छैन । २४ महिनाको अवधिमा निर्माण सम्पन्न सक्नुपर्ने सो सडकको लागत २६ करोड ४५ लाख २ हजार २ सय ५३ रुपैयाँ ८९ पैसा रहेको छ ।

प्रतिक्रिया