कानुन विपरित वालुवा झिक्न पाउनुपर्ने माग गर्दे जिसस र जिल्ला प्रशासन कार्यालय घेराउ

विदुर खबर २०७६ साउन १७ गते ११:३०

Timure Yatayat Busनुवाकोट, कानुन विपरित वालुवा उत्खनन गर्न पाउनुपर्ने माग गर्दै नुवाकोटको बेलकोटगढी नगरपालिकाका स्थानियबासीहरुले जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला समन्वय समिति नुवाकोटको कार्यालय घेराउ गरेका छन ।

Advertisement

असारदेखि भदौसम्म कुनै पनि नदिजन्य समाग्रीको उत्खनन गर्न नपाइने कानुनी प्रावधान भएपनि उनीहरुले हाते औजार प्रयोग गरेर त्रिशुली खोलको वालुवा झिक्न दिनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति घेराउ गरेका हुन । ४ वटा ट्रिपर रिर्जभ गरि आएका करिब २ सय जनाको समूहले प्रशासन कार्यलय घेराउ गरेको हो ।  छफलको क्रममा स्थानिय ठेकेदार शम्भु सिग्देलले कुनैपनि हालतमा हाते औजार प्रयोग गरेर वालुवा झिक्न दिनुपर्ने माग गरे । उनले आफुहरुलाई वालुवा झिक्न नदिएमा आन्दोलनमा जाने चेतावनी दिए ।

छलफलका क्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत धर्मराज भट्टले नियम र कानुन नबाझिने गरेर अघि आफुहरु तयार रहेको तर कानुनको बर्खिलाप हुने र त्यस्तो अवस्थामा प्रशासनले सहयोग गर्ने अवस्था नरहेको बताए । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत धर्मराज भट्टले कानुन विपरित गएमा र जनतालाई प्रातडित बनाउन खोजेमा आफुहरु कडा रुपमा प्रस्तुत हुने बताए ।

Advertisement

तर प्रहरी र प्रशासनले आफुहरुको रोजी रोटी खोसेर राम्रो काम नगरेको मजदुरहरुले बताएका छन । प्रशासनपछि जिल्ला समन्वय समितिको कार्यालय घेराउ गर्न पुगेका उनीहरुसँग आईतबार वार्ता गर्ने सहमति भएको छ । यसअघि यही साउन ८ गते जिल्ला समन्वय समितिमा बसेको सर्वपक्षिय छलफलले नुवाकोटमा नदिजन्य पदार्थको उत्खनन व्यापक बढेको भन्दै कुनैपनि प्रकारले नदिजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया