सैनिक पोसाक लगाउन निषेध

विदुर खबर २०७६ साउन १७ गते ७:२७

नुवाकोट, सरकारले नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

Advertisement

आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो । पछिल्लोपटक नेकपा बिप्लव समूहले समेत सेनाले प्रयोग गर्ने पोशाक लगाएर बिष्फोटन गराउने, प्रहरीमाथि आक्रमण गर्ने जस्ता गतिबिधि गरेपछि सरकारले सैनिक पोशाकको प्रयोगमा निषेध गर्न लागेको हो ।

गृहले स्थानीय प्रशासनसँगै ७७ वटा जिल्लाका प्रहरी कार्यालयलाई उक्त पोशाक लगाउने ब्यक्तिलाई पहिलोपटक संझाउन र अटेर गरे कारवाही गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरकारका बिभिन्न निकायले पनि सेनाले प्रयोग गर्दै आएको क्यामोफ्लाइज कपडा प्रयोग गरेको पाइएकाले उनीहरुलाई त्यस्ता पोशाक प्रयोगमा नियन्त्रण गर्न गृहले सबै स्थानीय प्रशासन र प्रहरीलाई समेत निर्देशन दिएको बताइएको छ ।

Advertisement

प्रतिक्रिया