आज साउन १५ अर्थात खिर खाने दिन
नुवाकोट, साउनको १५ गते बुधबार खिर खाइदैछ । कुनै धार्मीक महत्व नभएपनि साँस्कृतिक रुपमा कृषि प्रधान देश नेपालमा यसको बेग्लै महत्व रहेको छ ।
एक महिना अघि असार १५ गते दहि चिउरा खाइए जस्तै साउनको १५ मा खिर खाने चलन छ । हरेक महिनामा एक विशेष प्रकारको खानेकुरा खाने भनेझै साउनमा खिर खाइन्छ ।
यो पहिले देखी नै रहदै आएको थिती भएको संस्कृतिविद् डा जगमान गुरुङले जानकारी दिए र्। यो पुरानै चलन हो , साउनमा हरियो परियो धेरै पाइने हुनाले गाइले दुध बढि दिने हुँदा यो समयमा खिर खाने गरिएको हो , उनले भने र्, हरेक शुभ साइतमा खीरको महत्व छ । त्रेया युगमा दशरथका ३ महारानीले खीर खाएरै गर्भ धारण गरेका थिए । विभिन्न पुजा आजामा खीर खाने गरिन्छ । हवनमा समेत खीर या पायसलाई अग्नीमा चढाउने गरिन्छ ।
असार महिनामा रोपाँइ सकेपछि साउन १५ कृषकहरुले तातो खिर खाएर मनाउने गरेका हुन्छन् । यस प्रकारको खानेकुरा खानाले स्वास्थ्यमा लाभ हुने विश्वास छ । असारभरी पानी हिलोमा खेल्दा सर्दी लाग्ने र तातो खिर खाँदा सर्दिबाट जोगीने विश्वास छ । यसको धार्मीक नभएपनि साँस्कृतिक महत्व छ । कृषीप्रधान देशमा यसको उच्च महत्व छ ।बुधबार परेको साउन १५ मा घरपरिवारका सदस्य भेला भई खिर खाँदैछन् । यसैगरी साथीभाई भेला भएर पनि रमाइलो गर्दै खिर खाने गरिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया