नुवाकोटमा जोखिम न्यूनीकरणका लागि विपद् उद्धार सामग्री हस्तान्तरण
नुवाकोट, जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई जिल्लामा हुनसक्ने विपद्का घटनाहरुको जोखिम न्यूनीकरण तथा उद्धारका लागि आवश्यक सामग्री प्रदान गरिएको छ ।
टिडीएचको आर्थिक सहयोगमा स्थानीय संस्था सामुदायिक विकास केन्द्र नेपालले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको हो । संमितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई संस्थाका अध्यक्ष नारायण नेपालले सामाग्री हस्तान्तरण गरेका हुन । बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा संस्थाले रुख काट्ने आरो दुई थान, सावेल पाँच थान, स्टेचर नौ थान, पिक पाँच थान, कोदोलो पाँच थान, आगो नियन्त्रण गर्ने ग्यास सिलिन्डर, ठेलागाडा, इमर्जेन्सी लाइटलगायतको सामग्री प्रदान गरेको हो ।
सामग्री बुझेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले यस्ता सामग्री सहयोगमा जिल्लामा विपद्को घटना हुँदा उद्धारका लागि सहज हुने र स्थानीय प्रशासनले यी सामग्रीको आवश्यकता अनुसार प्रयोग र सुरक्षित रुपमा राख्ने बताए । विपद् जुनसुकै समयमा आउनसक्ने भएकाले पूर्वतयारी स्वरुप यस्ता सामग्रीहरु तयारी अवस्थामा राख्नुपर्ने भएकाले सामग्री सहयोग गरिएको सामुदायिक विकास केन्द्र नेपालका कार्यकारी निर्देशक विष्णुराज नेपालले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया