विप्लव माओवादीको बन्दको प्रभाव : नुवाकोट र रसुवा ठप्प

विदुर खबर २०७६ साउन १५ गते ७:०३

Timure Yatayat Busनुवाकोट, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको बागमती र नारायणी तथा रामेछाप र दोलखा बन्दले नुवाकोट र रसुवा पुर्ण रुपमा ठप्प भएको छ । बन्दले नुवाकोट र रसुवाको जनजीवन प्रभावित भएको छ । बन्दले नुवाकोट र रसुवामा चल्ने लामो तथा छोटो दुरीका सवारीसाधान ठप्प धएका छन भने शैक्षिक संस्था, पसलहरु पुर्ण बन्द भएका छन । सडकमा केही मात्रामा मोटरसाईकल र एम्बुलेन्सहरु मात्र फाटफुट्ट चलेका छन ।

Advertisement

विप्लव नेकपाका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो इन्चार्ज तथा प्रशिद्ध जनसंस्कृतिकर्मी माइला लामाको गिरफ्तारीको विरोध तथा रिहाइको माग गर्दै चरणबद्ध संघर्षमा उत्रिएको नेकपाले आज बाग्मती र नारायणी ब्युरोसहित जनकपुर ब्युरोअन्तर्गतका रामेछाप र दोलखा जिल्लाहरुमा बन्दको आह्वान गरेको हो ।
सरकारले निरन्तर आफ्ना नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने, झुटा मुद्दामा फसाउँदै जेल चलान गर्ने र मुठभेडका नाममा हत्या गर्ने गरेको भन्दै आक्रोशित बनेको नेकपाले दमन र धरपकडविरुद्ध बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
यसअघि नेकपाले बन्दको पूर्वसन्ध्यामा मंगलबार राती नुवाकोटको बट्टार बजारमा मसाल जुलुस निकालेको थियो । काठमाडौंको काडाँघारीस्थित एक घरमा सुतिरहेको अवस्थामा साउन ४ मा प्रहरीले राति १२ बजे माइला लामालाई गिरफ्तार गरेको थियो । पुर्पक्षका लागि भन्दै लामालाई नख्खु कारागारमा थुनामा राखिएका राखिएको छ ।

प्रतिक्रिया