स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र नछाड्न निर्देशन
विदुर खबर
२०७६ साउन १५ गते ६:१२
नुवाकोट , सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ समाप्त भएकाले कार्यसम्पादन मूल्याङ्कन फाराम, सम्पत्ति विवरण बुझाउनेजस्ता कार्य गर्नुपर्ने भएकाले प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र छाडी नजान निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय प्रशासन शाखाका शाखा अधिकृत महेशकुमार दाहालले जानकारी दिनुभयो ।
उहाँले कार्य क्षेत्र छोडी काज तथा बिदामा रहँदा स्थानीय तहको काममा बाधा हुने हुँदा बिदा÷काजमा रहनुभएका प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल कार्यक्षेत्रमा फर्की कामकाज गर्न निर्देशन दिनुभयो । यसअघि बाढीपहिराकोे बेलासमेत मन्त्रालयले स्थानीय तहका प्रशासकीय प्रमुखलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया