बट्टारमा विप्लव माअोवादीको मसाल जुलुस

विदुर खबर २०७६ साउन १४ गते २३:५०

Timure Yatayat Busनुवाकोट, नेपाल कम्युनिष्ट पार्टी विप्लव माअोवादीले नुवाकोटको बट्टार बजारमा मंगलवार साँझ मसाल जुलुस निकालेको छ ।

Advertisement

एविप्लव नेकपाका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो इन्चार्ज तथा प्रशिद्ध जनसंस्कृतिकर्मी माइला लामाको गिरफ्तारीको विरोध तथा रिहाइको माग गर्दै चरणबद्ध संघर्षमा उत्रिएको नेकपाले बुधबार बाग्मती र नारायणी ब्युरोसहित जनकपुर ब्युरोअन्तर्गतका रामेछाप र दोलखा जिल्ला बन्दको आह्वान गरेको पुर्व सन्ध्यामा मसाल जुलुस निकालिएको  हो ।

काठमाडौंको काडाँघारीस्थित एक घरमा सुतिरहेको अवस्थामा यहि साउन ४ मा प्रहरीले राति १२ बजे माइला लामालाई गिरफ्तार गरेको थियो ।

Advertisement

प्रतिक्रिया