सवारी चेकजाँचको लागि नुवाकोटका एसपी आफै सडकमा

विदुर खबर २०७६ साउन १४ गते ६:५८

Timure Yatayat Busनुवाकोट, नुवाकोटको विभिन्न रुटहरुमा चल्ने सार्वजनिक यातायातको परिक्षण र चेकजाँचका लागि नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्ण पल्लीमगर आफै सडकमा उत्रिएका छन ।

Advertisement

नुवाकोटको विभिन्न स्थानमा चलने गरेको छोटो तथा लामो दुरीका यातायातका साधनहरुले यात्रुहरुलाई ठग्ने गरेको तथा सवारीसाधनको अवस्थाको वारेमा बुझ्न प्रहरी उपरिक्षक एसपी आफै मैदानमा उत्रिएका हुन । सार्वजनिक सवारीसाधनको विषयमा धेरै गुनासो आएपछि हामीले अनुगमन गरेका हौ, प्रहरी उपरिक्षक पल्लीमगरले भने ।सवारीसाधनको अनुगमनको क्रममा २५ ओटा भन्दा बढी यातायातको साधनको अनुगमन गर्दा केही कमजोरी देखिएकोले एकसाताको समय दिई छोडिएको जिल्ला ट्राफिक प्रमुख विकल भट्टराईले बताए । उनले अनुगमनको क्रममा अधिकांश यातायातका साधनले आक्षण सिट नभएको,वसमा डसविन नभएको, वाईफाई नचलेको,सरसफाई नभएको पाईएको बताए ।

प्रतिक्रिया