अफगानिस्तानी राष्ट्रपति घानीले गरे शान्ति परिषद्को विघटन
विदुर खबर
२०७६ साउन १३ गते १०:१८
काबुल ,अफगानिस्तानका राष्ट्रपति असरफ घानीले उच्चस्तरीय शान्ति परिषद्को सचिवालय विघटन गरिदिएका छन्।
तालिबान विद्रोहीसँग वार्ता गर्नका लागि सन् २०१० मा तत्कालीन राष्ट्रपति हमिद् कारजाईले बनाएको सो सचिवालयलाई घानीले शनिबार विघटन गरिदिएका हुन्।
अफगानी राष्ट्रपतिका प्रवक्ता सेदिक सेदिकीले परिषद्को काम नवगठित शान्ति मामिला मन्त्रालयले गर्ने भएकाले परिषद्को आवश्यकता नदेखिएको पत्रकारहरुलाई जानकारी दिए। सरकारी निकायका रुपमा परिषद्ले विद्रोही तालिवान तथा अरु आतङ्कवादी समूहरुलाई पुनर्मिलन र मेलमिलापका लागि पहल गर्दै आइरहेको थियो।
परिषद्मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा वार्ता तथा छलफलहरु गर्नका लागि ७४ जनाले काम गरेका थिए। झण्डै २० वर्षदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा विभिन्न विद्रोही तथा आतङ्कवादी समूहहरु सक्रिय छन्। रासस/एएनआई
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया