काँचो केराका दर्जनौं फाइदा

विदुर खबर २०७४ फागुन २४ गते १२:१०

काठमाडौं । केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई कमजोरी भयो र तत्काल इनर्जी चाहियो भने एउटा केरा क्वाप्प खाँदा हुन्छ, केही मिनटमै शरीरको कमजोरी हराइहाल्छ । केरामा भएका तत्वहरु तत्काल शरीरले ग्रहण गरीहाल्छ, यसलाई पाचनको लामो प्रकृयामा अल्झीनै पर्दैन ।

Advertisement

यही कारण केरा किलोको भाउमा हैन, दर्जनको भाउमा बिक्छ । किनकी, केराका गुण पनि दर्जनौं छन् । पाकेको केरामा अत्याधिक पोषणतत्व पाइन्छ । केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ ।

यो त पाकेको केराको कुरा भयो । काँचो केरा पनि कम हितकर छैन । काँचो केरा खाँदा शरीरमा आइरनको पुर्तिमात्र गर्दैन, कयौ रोग लाग्नबाट बचाउँछ । यस्ता छन्, काँचो केराका फाइदा ः

Advertisement

पोटासियमको भण्डार

शरीरका लागि पोटासियम निकै आवश्यक छ । तर, पोटासियम सबै खानामा पाइदैन । यही कारण शरीरमा  प्रायः पोटासियमको कमी भइरहन्छ ।  पोटासियमको मुख्य काम हो, शरीर स्फूर्त राख्नु र  रोग प्रतिरोधात्मक क्षमता बढाउनु । काँचो केरा पोटासियमको भण्डार हो । काँचो केरामा भिटामिन बी ६ तथा भिटामिन सी पाइन्छ, जसले कोशिकाहरुलाई पोषण प्रदान गर्छ । काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ ।

Advertisement

मधुमेहको औषधि

मधुमेहका विरामीका लागि काँचो केरा अति उत्तम । काँचो केरामा भएको टरर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ । धेरैजसो मधुमेहका विरामीलाई अति गुलिया फलफुल खानबाट वञ्चित गरिन्छ । काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधी नै हो । यही कारण उनीहरु काचो केराको तरकारी पेटभरी खानसक्छन् ।

मोटोपनाको शत्रु

मोटो हुनुहुन्छ ? अनाबश्क रुपमा तौल बढेको छ ? काँचो केरा खानुस्, त्यसले तपाइको तौल बढन दिदैन । नियमती रुपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलीयो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन । बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन ।

कब्जीयत हटाउने काइदा

विहान शौचालयमा राम्ररी दिसा निख्रदैन । यसैलाई कब्जीयत भनिन्छ । कब्जीयतका कारण पेटमा विभिन्न रोग लाग्ने गर्छ । यदि तपाइलाई पनि कब्जीयत छ भने काँचो केरा खाइहाल्नुस् । काँचो केराको अचार, तरकारी बनाएर खान सकिन्छ । काँचो केरामा अत्याधिक मात्रामा फाइबर हुन्छ । फाइबर अर्थात रेशायुक्त केराले हाम्रो पेट सफा गर्छ । काँचो केरा खाएपछि शरीरमा विषाक्त जम्न पाउँदैन र विस्तारै कब्जीयतको समस्या समाधान हुँदैजान्छ । काँचो केरा यस्तो क्षारीय भोजन हो, जुन ग्यास्ट्रीकका विरामीका लागि समेत लाभकारी छ ।

प्रतिक्रिया