नुवाकोटमा जिल्ला लिग फुटवल प्रतियोगिता शुरु, उद्घाटन खेलमा बट्टार युथ विजयी

विदुर खबर २०७६ साउन ११ गते १९:१६

नुवाकोट, नुवाकोट फुटवल संघको आयोजनामा शनिवारदेखि जिल्ला लिग फुटवल प्रतियोगिता शुरु भएको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बट्टार युथ क्लबले विजयी शुरुवात गरेको छ । बट्टार युथ क्लबले डिफेन्डिङ च्याम्पयिन तादी त्रिशुली युवा क्लब माझिटारलाई  १–० गोल अन्तरले पराजित गर्दे विजयी शुरुवात गरेको छ । बट्टरको लागि जर्सी नम्बर ८ का सुवास तामाङले पहिलो हाफको २८ औ मिनेटमा गरेको गोल नै जितको लागि पर्याप्त भएको थियो ।

Timure Yatayat Busदोस्रो हाफमा दुवै टोलीले पाएको मौकाको सदुपयोग नगर्दा खेल बट्टार युथ क्लबले एक १–० गोल अन्तरले आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमै जित हात पारेको बट्टारले तीन अंक हात पारेको छ । प्रतियोगिता अन्र्तगत आईतबार चार खेल हुनेछन । आईतबारको पहिलो खेलमा युनिक व्वाईजविरुद्ध तप्त युवा क्लब,युनाइटेड युथ क्लबविरुद्ध कोलनी युथ क्लब , नुवाकोट युनाईटेड विरुद्ध जालपादेवि युथ क्लब र न्यु भिजन विरुद्ध क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

Advertisement

१८ ओटा क्लबले सहभागिता जनाएको प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाईने नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकारले बताए । १८ ओटा क्लबलाई चार समुह बनाईको छ । समुहका प्रत्येक विजेता र उपविजेता अघिल्लो चरणमा प्रवेश गर्ने नुवाकोट फुटवल संघका माहासचिव विष्णु चालिसेले बताए ।

प्रतिक्रिया