सुत्केरी मृत्यु प्रकरण : महादेवफाँटमा सडक अवरुद्ध
नुवाकोट, जिल्ला अस्पताल त्रिशुलीको चरम लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनका परिवारजन र आफन्तले सडक अवरुद्ध पारेका छन ।
ओस्तीका आफन्तले वेलकोटगी नगरपालिकाको रातमाटे, महादेव फाँट लगायतका स्थानमा काठको मुढा राखि सडक अवरुद्ध गरेका हुन । बिहीबार बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेकी गोमा ओस्तीको उच्च रत्तस्रावको कारण मृत्यु थियो । उनको उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
उनको अस्पताल प्रशासन, गृह मन्त्रालय, सरकारको लापरवाहीले मृत्यु भएको र मृतकका आफन्तलाई क्षतिपुर्तिको माग गर्दे सडक अवरुद्ध गरेका हुन । यसैबिच सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा प्रहरी, अस्पताल प्रशासन, मृतकका आफन्तबीच अहिले वार्ता भइरहेको छ । वार्ता शुरु भएको केही घण्टा वितेपनि अझै सहमति हुन सकेको छैन ।
सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सर्वसाधारण मर्कामा परेका छन । सडक अवरुद्ध भएपछि करिव २ सयभन्दा बढी सवारीसाधन बाटोमै अलपत्र परेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमालेमा नेतृत्वका लागि मतदान हुँदै
शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते





प्रतिक्रिया