सुत्केरी मृत्यु प्रकरण : महादेवफाँटमा सडक अवरुद्ध
नुवाकोट, जिल्ला अस्पताल त्रिशुलीको चरम लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनका परिवारजन र आफन्तले सडक अवरुद्ध पारेका छन ।
ओस्तीका आफन्तले वेलकोटगी नगरपालिकाको रातमाटे, महादेव फाँट लगायतका स्थानमा काठको मुढा राखि सडक अवरुद्ध गरेका हुन । बिहीबार बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेकी गोमा ओस्तीको उच्च रत्तस्रावको कारण मृत्यु थियो । उनको उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
उनको अस्पताल प्रशासन, गृह मन्त्रालय, सरकारको लापरवाहीले मृत्यु भएको र मृतकका आफन्तलाई क्षतिपुर्तिको माग गर्दे सडक अवरुद्ध गरेका हुन । यसैबिच सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा प्रहरी, अस्पताल प्रशासन, मृतकका आफन्तबीच अहिले वार्ता भइरहेको छ । वार्ता शुरु भएको केही घण्टा वितेपनि अझै सहमति हुन सकेको छैन ।
सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सर्वसाधारण मर्कामा परेका छन । सडक अवरुद्ध भएपछि करिव २ सयभन्दा बढी सवारीसाधन बाटोमै अलपत्र परेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया