त्रिशुली अस्पतालको लापरवाहीले सुत्केरीको ज्यान गयो
नुवाकोट, जिल्ला अस्पताल त्रिशुलीको चरम लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेकी गोमा ओस्ति रहेकी छिन । उनको उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लैजाने क्रममा मृत्यु भएको हो । अस्पताल व्यवस्थापनको चरम लापरवाहिको कारण उनको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन । यसअघि सुत्केरी गराउन अस्पताल आएकी उनको विहीबार विहान ६ बजे डेलिभरि गरिएको थियो । तर ७ बजे बच्चाको सास रोकिएको भन्दै अस्पतालले काठमाण्ठौ रिफर गरिदिएको थियो । बच्चाको उपचार गर्न बच्चालाई लिएर ओस्तीकी श्रीमान उनलाई छाडेर काठमाण्डौ गएका थिए ।
उनको रत्तस्राव बढेपछि आवश्यक पर्ने रगत समेत ब्लड बैकमा नभएको भन्दै उनका श्रीमानले साढे १० बजे आफुहरु ब्लडको लागि फोन गरेको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।
तर हेलो सरकारमा गोमाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएर सरकारी हेलिकप्टर पठाउन आग्रह गर्दा नुवाकोट सुगम जिल्ला भएकोले पठाउन नसक्ने जवाफ आएको थियो । गोमाको स्वास्थ्य अवस्थाको वारेमा प्रधानमन्त्रि कार्यालय,गृह मन्त्रालय, जिल्लाका सांसद लगायतलाई जानकारी गराउँदा समेत सुनुवाई नभएको बताइएको छ । उनको स्वास्थ्य अवस्थाको विषयमा गृह मन्त्रालयमा जानकारी गराउँदा नुवाकोट सुगम जिल्ला भएकोले हेलिकप्टर पठाउन नसक्ने र विरामीलाई केही गर्न नसकिने जवाफ आएको मृतक सुुत्केरीका आफन्तले जनाएका छन ।
विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकारले सहजीकरण गरेपछि निजि हेलिकप्टरको नुवाकोट आएको थियो । तर हेलिकप्टरबाट काठमाण्डौ टिचिङ अस्पताल पुराउने वित्तिकै उनको मृत्यु भएको थियो । उनको बच्चा भने सकुशल रहेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया