सरकारले न्यायालयलाई धम्क्याएर नियन्त्रणमा लिन खोज्योः देउवा
२४ फागुन, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले न्यायालयलाई समेत धम्क्याएर राज्यसंयन्त्रमाथि राजनैतिक नियन्त्रण जमाउन उद्त रहेको बताएका छन् ।
१०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघले बिहीबार केन्द्रीय पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वामगठबन्धनको सरकारले आफ्नो अनुकुलतामा राज्यका संबैधानिक अंगमाथि हस्तक्षेप गर्दै नियन्त्रण जमाउन खोजेको आरोप लगाएका हुन् ।
आफ्नो अनुकुलतामा राज्य संयन्त्रलाई प्रयोग गर्नका लागि सरकारले न्यायालयलाई समेत धम्क्याउन थालेको सभापति देउवाले जिकिर गरे ।
उनले सरकारका हस्तक्षेपकारी क्रियाकलापको सशक्त प्रतिकार गर्न संगठनलाई सुदृढ, मजबुत र बलियो बनाउन पनि महिला संघलाई निर्देशन दिएका छन् ।
महिला आरक्षण र राज्यका सबै निकायमा पहुँच पुर्याउने सवालमा राष्ट्रपति उपराष्ट्रपति, सभामुख उपसभामुख मध्ये एक महिला हुनै पर्ने संबैधानिक व्यवस्था गरिनु निकै राम्रो सुरुआत भएको उनको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया