मृगौला पिडित अनेरास्ववियुका नेता पुडासैनीलाई नेबिसंघ नेताले गरे सहयाेग
विदुर खबर
२०७६ साउन ८ गते ७:०५

नुवाकोट, अनेरास्ववियु नुवाकोटका पूूर्वअध्यक्ष केदार पुडासैनीलाई नेपाल विद्यार्थी संघले आर्थिक सहयोग गरेको छ ।
नेविसंघका केन्द्रीय सदस्य जयराम दाहाल र नेबिसघं नुवाकोट क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि कृष्ण मिश्रले पूर्वअध्यक्ष पुडासैनीलाई उपचारका लागि सहयोग स्वरूप १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
आर्थिक स्थिति कमजोर भएका पुडासैनीलाई उनको उपचारमा सहयोग होस् भनी आर्थिक सहयोग हस्तान्तरण गरेको नेविसंघका नेता दाहालले बताए । वीर अस्पतालमा उपचारारत पुडासैनीलाई थप सहयोगको आवश्यकता रहेको समेत उनले बताए ।
Advertisement
पुडासैनी नुवाकोट बेल्कोटगढी नगरपालिका ८ निवासी व्यक्ति हुन् । उनी बिगत १० वर्षदेखि मृगौला रोगबाट पीडित छन ।
सम्बन्धित
प्रतिक्रिया