मृगौला पिडित अनेरास्ववियुका नेता पुडासैनीलाई नेबिसंघ नेताले गरे सहयाेग
विदुर खबर
२०७६ साउन ८ गते ७:०५
नुवाकोट, अनेरास्ववियु नुवाकोटका पूूर्वअध्यक्ष केदार पुडासैनीलाई नेपाल विद्यार्थी संघले आर्थिक सहयोग गरेको छ । 
नेविसंघका केन्द्रीय सदस्य जयराम दाहाल र नेबिसघं नुवाकोट क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि कृष्ण मिश्रले पूर्वअध्यक्ष पुडासैनीलाई उपचारका लागि सहयोग स्वरूप १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
आर्थिक स्थिति कमजोर भएका पुडासैनीलाई उनको उपचारमा सहयोग होस् भनी आर्थिक सहयोग हस्तान्तरण गरेको नेविसंघका नेता दाहालले बताए । वीर अस्पतालमा उपचारारत पुडासैनीलाई थप सहयोगको आवश्यकता रहेको समेत उनले बताए ।
पुडासैनी नुवाकोट बेल्कोटगढी नगरपालिका ८ निवासी व्यक्ति हुन् । उनी बिगत १० वर्षदेखि मृगौला रोगबाट पीडित छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया