धादिङमा ५ हजार लाभग्राहीको नाम सुचिबाट हट्ने
नुवाकोट, विनाशकारी भूकम्पपछि नेपाल सरकारबाट घर बनाउनेका लागि अनुदान पाउने धादिङका ५ हजार ३ सय ९३ घरधुरीको नाम लाभग्राही सूचीबाट खारेज हुने भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगर्ने भूकम्पपीडितका लागि असार २१ गतेसम्म अनुदान सम्झौता गर्ने समयसीमा तोकेको थियो। असार २१ गतेसम्म अनुदान सम्झौता नगर्नेको नाम अनुदान पाउने लाभग्राहीको सूचीबाट हटाउने सार्वजनिक सूचना जारी गरिसकेकाले धादिङका ५ हजार ३ सय ९३ घरधुरीको नाम अनुदान पाउने लाभग्राहीबाट खारेज हुने भएको हो। २०७६ असार मसान्तसम्म धादिङ जिल्लाभर निजी आवास पुनर्निर्माणका लागि अनुदान पाउनेको सूचीमा ८३ हजार २५ घरधुरी छन्। जसमध्ये ७७ हजार ६ सय २८ जनाले अनुदान सम्झौता गरेर पहिलो किस्ता लगेका छन्। ५ हजार ३ सय ९३ घरधुरीले हालसम्म अनुदान सम्झौता नै नगरेका हुन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइअन्तर्गत रहेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख जयराम श्रेष्ठले भने, ‘सम्बन्धित पालिकाका वडाध्यक्षलाई समेत चिठी पठाएर असार २१ गतेसम्म अनिवार्य अनुदान सम्झौता गर्न भनेका थियौँ। अझै पनि ५ हजारभन्दा बढी सम्झौता हुन बाँकी छ।’अनुदान सम्झौता नै नगरेकाहरूमा दोहोरा नाम टिपाउने, श्रीमान् विदेशमै बेपत्ता भएकाहरू, अंशबन्डाका झगडा नमिलेकाहरू र जग्गाजमिन भएर पनि आफ्नो नाममा नभएकाहरू हुन सक्ने ज्वालामुखी गाउँपालिका–४ का अध्यक्ष कृष्णप्रसाद काप्रीले बताए। उनले भने, ‘मेरो वडामा समस्याग्रस्त भूकम्पपीडितका लागि म आफैं अनुदान व्यवस्थापन कार्यालयमा गएर समाधान गराएको छु, यस्ता घटना थुपै छन् गाउँघरमा, त्यसै कारण सम्झौता नभएको पनि हुन सक्छ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया