गुल्मीको सत्यवती गाउँपालिमा पहिरा जाँदा ११ जनाको ज्यान गयो

विदुर खबर २०७६ साउन ८ गते ६:२५

गुल्मी, गुल्मीको सत्यवती गाउँपालिको विभिन्न ठाउँमा मंगलबार बिहान गएको पहिरोमा परी ११ स्थानीयको मृत्यु भएको छ ।

Advertisement

गाउँपालिकाको दुई वडाको तीन घरमा पहिरोले घर पुरिंदा ११ जनाको मृत्यु भएको हो भने भने दुई व्यक्ति वेपत्ता भएका हुन । मंगलबार दिनभर उद्धार तथा राहतका लागि केन्द्र तथा स्थानीय स्तरबाट विभिन्न प्रयास भएका थिए । सत्यवती गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ जना पहिरोमा पुरिएर मृत्यु भएको थियो । एक जनाको भने पहिरोबाट भाग्ने क्रममा मृत्यु भएको हो । सत्यवती गाउँपालिका वडा नम्बर ४ को लिम्घाका मृतकमध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अरु दुई जनाको शव निकाल्ने काम भइरहेको छ ।

पहिरोमा परेर मृत्यु हुनेहरुमा ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ व्क्षर््ँीइ अंजली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीय शिवानी बिकको शब बाहिर निकालिएको प्रहरीले जनाएको छ । त्यस्तै सोही गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडाको पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ वर्षीय दुर्गाबहादुर सिंजालीको मृत्यु भएको हो ।

Advertisement

पहिरोमा ८ वर्षीय तारा बिक ६ वर्षीय सुमन बिकको शब निकाल्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रवीन्द्र खड्काले बताउनुभयो । एक जना वालक सन्दीप बिक मावली घरमा गएकाले बाँच्न सफल भएका छन् ।

ठूलोलुम्पेमा रुद्र बिकको घर पहिरोले पुरिएको छ । ४० वर्षीय माया बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । पहिरोका कारण दुई जना घाइते भएका छन् । यसैगरी, सत्यवती ४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामुको घाइते छन् । सोमबार रातिदेखि परेको अबिल वर्षाका कारण पहिरो गएको हो । मंगलबारको बिहान राति सुतिरहेका स्थानीयहरु यस प्रकोपमा परेका हुन् ।
उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थल पुगेर मंगलबार बिहानैबाट उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया