ज्यालादारी कर्मचारीको माग सम्बोधन गर्न कुलमान घिसिङकाे ध्यानाकर्षण

विदुर खबर २०७६ साउन ७ गते १९:०२

नुवाकोट, नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन (आधिकारिक ट्रेड युनियन) ले ज्यालादारी कर्मचारीले अघि सारेका माग सम्बोधन गर्न नेतृत्व(कुलमान घिसिङ) को ध्यानाकर्षण गराएको छ ।

Advertisement

युनियनले विज्ञप्ति निकालेर ज्यालादारी कर्मचारीका जायज माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो । युनियनले ज्यालादारी केन्द्रीय संघर्ष समितिले घिसिङलाई सोमबार बुझाएको ज्ञापनपत्रमा उल्लेखित माग सम्बोधन गरेर जीवन यापन गर्नसक्ने पारिश्रमिकसहितको सेवा सुविधा दिन माग गरेको छ ।

‘कर्मचारीले राखेको माग युनियनको ८७ सुत्रीय माग पत्रको ३८ नम्बर बुँदामा छ,’ विज्ञप्तीमा भनिएको छ, ‘अब युनियनको प्रतिनिधि पनि रहने गरी समिति बनाएर ज्यालादारीको तथ्यांक संकलन गरेर रोजगारीको ग्यारेन्टी गरिनुपर्छ ।’ ज्यालादारी कर्मचारी स्थायी हुनबाट बन्चित भएपछि उनीहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । लोक सेवा आयोगको पछिल्लो निर्णय बमोजिम स्थायी सेवामा आवेदन दिन नपाउने भएपछि उनीहरु रुष्ट भएका हुन् । संघर्ष समितिले सोमबार घिसिङलाई ज्ञापनपत्र बुझाएका थिए ।

Advertisement

प्रतिक्रिया