नुवाकोटमा अवैध उत्खनन तिव्र, प्रहरी हस्तक्षेपपछि तस्करको भागाभाग
नुवाकोट, नुवाकोटका खोलाहरुमा दोहन तिव्र बढेपछि विभिन्न नदिहरुमा प्रहरी परिचालन गरिएको छ । खोलाहरुमा प्रहरी परिचालन गरिसँगै तस्करहरुको भागाभाग शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोट र सशस्त्र प्रहरीको संयुत्त टोलीले सोमबार नुवाकोटको विभिन्न विभिन्न खोलाहरुमा नदि दोहन तिव्र भएको गुनासो बढेसँगै अनुगमन गरेको थियो । अनुगमनमा प्रहरी निस्केको सुचाना वाहिरिएपछि वालुवा तस्करहरुको भागाभाग चलेको बताइएको छ । तिव्र रुपमा नदि दोहन गरेको उजुरी बढेपछि विभिन्न खोला तथा नदिहरुमो प्रहरी परिचालन गरिएको नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्लीमगरले जानकारी दिए ।
सोमबार अनुगमनको क्रममा एउटा स्काभेटरको २ ओटा ब्याट्री जफत गरिएको प्रहरी उपरिक्षक पल्लीमगरले बताए । “सोमबार विभिन्न स्थानमा अनुगमनको लागि गएका थियौँ । केही ठाउँबाट स्काभेटरको ब्याट्री बरामद गरेका छौ । नदि दोहन बन्द गर्न दिउँसो र राती पनि प्रहरी परिचालन गरेका छौ” प्रहरी उपरिक्षक पल्लीमगर भने ।
यसैबिच जिल्लाको विभिन्न नदिमा व्यापक नदि दोहन भएको जनगुनासो बढेपछि नुवाकोटका प्रहरी र प्रशासन दोहन नियन्त्रण गर्न लागिपरेका छन । नुवाकोट र धादिङको सिमाना कोल्पुटारमा बढि उत्खननका कारण पुल जोखिममा परेको तथा वेलकोटगढी नगरपालिका वडा नम्बर ८ काशिटारमा उत्खनन भएको प्रहरीको भनाई छ । त्यस्तै तादी, लिखु, ढिकुरेलगायतका स्थानमा समेत तस्करहरु सक्रिय भएको भन्दै जिल्ला प्रहरी कार्यालयबाट दिउँसो र रातको समयमा समेत अनुगमनको लागि सोमबारबाट प्रहरी टोली परिचालन गरिएको नुवाकोटका प्रहरी प्रमुख पल्लीमगरले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया