नुवाकोटमा अवैध उत्खनन तिव्र, प्रहरी हस्तक्षेपपछि तस्करको भागाभाग

विदुर खबर २०७६ साउन ७ गते १६:३७

नुवाकोट, नुवाकोटका खोलाहरुमा दोहन तिव्र बढेपछि विभिन्न नदिहरुमा प्रहरी परिचालन गरिएको छ । खोलाहरुमा प्रहरी परिचालन गरिसँगै तस्करहरुको भागाभाग शुरु भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय नुवाकोट र सशस्त्र प्रहरीको संयुत्त टोलीले सोमबार नुवाकोटको विभिन्न विभिन्न खोलाहरुमा नदि दोहन तिव्र भएको गुनासो बढेसँगै अनुगमन गरेको थियो । अनुगमनमा प्रहरी निस्केको सुचाना वाहिरिएपछि वालुवा तस्करहरुको भागाभाग चलेको बताइएको छ । तिव्र रुपमा नदि दोहन गरेको उजुरी बढेपछि विभिन्न खोला तथा नदिहरुमो प्रहरी परिचालन गरिएको नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्लीमगरले जानकारी दिए ।

सोमबार अनुगमनको क्रममा एउटा स्काभेटरको २ ओटा ब्याट्री जफत गरिएको प्रहरी उपरिक्षक पल्लीमगरले बताए । “सोमबार विभिन्न स्थानमा अनुगमनको लागि गएका थियौँ । केही ठाउँबाट स्काभेटरको ब्याट्री बरामद गरेका छौ । नदि दोहन बन्द गर्न दिउँसो र राती पनि प्रहरी परिचालन गरेका छौ” प्रहरी उपरिक्षक पल्लीमगर भने ।

Advertisement

यसैबिच जिल्लाको विभिन्न नदिमा व्यापक नदि दोहन भएको जनगुनासो बढेपछि नुवाकोटका प्रहरी र प्रशासन दोहन नियन्त्रण गर्न लागिपरेका छन । नुवाकोट र धादिङको सिमाना कोल्पुटारमा बढि उत्खननका कारण पुल जोखिममा परेको तथा वेलकोटगढी नगरपालिका वडा नम्बर ८ काशिटारमा उत्खनन भएको प्रहरीको भनाई छ । त्यस्तै तादी, लिखु, ढिकुरेलगायतका स्थानमा समेत तस्करहरु सक्रिय भएको भन्दै जिल्ला प्रहरी कार्यालयबाट दिउँसो र रातको समयमा समेत अनुगमनको लागि सोमबारबाट प्रहरी टोली परिचालन गरिएको नुवाकोटका प्रहरी प्रमुख पल्लीमगरले जानकारी दिए ।

प्रतिक्रिया