बच्चालाई कसरी सिकाउने स्वस्थ्यकर खाना खान

विदुर खबर २०७४ फागुन २४ गते ११:५१

बच्चाका लागि अहिले सजिलो खानेकुरा छ, जंकफूड । न झन्झटिलो, न बेस्वादिलो । तर, यस्ता खानेकुराले बच्चाहरु रोगी हुन्छन् । उनीहरुको स्वास्थ्यमा गंभिर समस्या पैदा गर्छ । किनभने बजारमा उपलब्ध जंकफूड वास्तवमा मन्द विष हो । त्यसमा मिश्रण गरिएको अखाद्य पदार्थ एवं रसायनले क्रमस बच्चाको स्वास्थ्य ध्वस्त बनाउँदै लाने खतरा हुन्छ ।

Advertisement

बजारमा पाइने जंक फुडहरु बच्चालाई लक्षित गरेर तयार गरिन्छ । यस्ता जंक फुड मनपराउने बच्चाहरुलाई घरको स्वस्थबर्धक खाना मन नपराउन स्वाभाविकै हो । बच्चाहरुलाई घरको खाना खान बानी बसाल्न केही उपाय अपनाउनु पर्ने हुन्छ ।

घरमा जहिले पनि स्वादिष्ठ र स्वस्थबर्धक खाना वा खाजा राख्नु पर्छ । जंक फुड कम मात्र राख्नु पर्छ । यसले गर्दा बच्चाहरु जंक फुड प्रति आकर्षक कम हुन जान्छ ।

Advertisement

यसरी सिकाउने स्वस्थ्यवर्द्धक खाना खान

बच्चाहरुलाई जहिले पनि परिवारको साथमै खाना खाने बानी बसाल्नु पर्छ र बच्चालाई जुन परिकार मन पर्दैन त्यही परिकार उसको अगाडि खानु पर्छ । त्यसबाट पाउने पौष्टिक तत्वको फाइदाको बारेमा बच्चासँग कानेखुसी गर्नु पर्छ । र उसलाई पनि खुवाउने प्रयास गर्नु पर्छ । जसले गर्दा विस्तारै उसलाई पनि यस्ता खाना खाने बानी पर्दै जान्छ ।

Advertisement

यदि बच्चाहरु स्वस्थबर्द्धक परिकार जस्तै हरियो सागपात, फल, दुध आदि खान मान्दैन भने उनीहरुलाई कुनै अरु तरिकाबाट खुवाउने अभ्यास गर्नुपर्छ ।

जस्तै गाजरको हलुवा, पालकको अचार तथा पालकलाई दालसँग ग्रेवी बनाएर पनि खुवाउन सकिन्छ । खाना खाने समयमा कहिले कुनै पनि किसिमको कमी कमजोरको विषयमा कुरा गर्नु हुँदैन, यसले बच्चाहरु खाना नखाई उठेर जाने सम्भावना हुन्छ । मनोवैज्ञानिक तरिकाबाट जहिले पनि बच्चाहरुलाई प्रफुल्ल पार्नु पर्छ । तनाव दिनाले पनि बच्चाहरु घरका खाना खान रुचाउदैन र जंग फुड प्रति आकषिर्त हुन्छ ।

तरकारी किन्दा पनि बच्चाहरुलाई साथै लग्दा राम्रो हुन्छ । र विचविचमा उनीहरुसँग आफुलाई मनपर्ने तरकारीको बारेमा कुरा गर्नु पर्छ यसले बच्चालाई मनपर्ने परिकारको बारेमा आफुलाई जानकारी मिल्छ । कुन स्वस्थबर्धक तरकारी हो सोको विषयमा पनि कुरा गर्नाले फाइदा हुन्छ ।

बच्चाहरुलाई घरका खाना दाल भात भन्दा पिज्जा, बर्गर, चाउचाउ आदि बढि मनपराउँछ । बच्चाहरुले जिद्दी गर्‍यो भन्दैमा जहिले पनि यस्ता खाना खुवाउनु हुँदैन यस्ता खाना सकेसम्म घरमै बनाएर खुवाउनु पर्छ । यस्तो खाना बढि भन्दा बढि हरियो साग सब्जी मिक्स गनुपर्छ ।

रेडीमेड डि्रंक जतिसुकै हानिकारक भएपनि बच्चाहरु यस्ता डि्रंक पिउन मनपराउछ । त्यसको लागि पनि यी डि्रंकहरु घरमै बनाउन पनि सक्नुहुन्छ । जस्तै कागती पानी, लस्सी, मिल्क शेक आदि । बच्चाहरुलाई स्कुलको लागि खाजा पनि घरबाटै बनाएर पठाउनु पर्छ । कहिलेकाँही मात्र उनीहरुलाई मन पर्ने जंग फुड पठाउनु पर्छ यसले बच्चाहरु पनि खुसी हुन्छ ।

प्रतिक्रिया