नुवाकोट कांग्रेसद्धारा जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण
विदुर खबर
२०७६ साउन ६ गते १४:५९

नुवाकोट, नेपाली काग्रेस नुवाकोटले ३७ औ वि.पी जयन्तीको अवसर पारेर जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
जिल्ला सभापति जगदिशनसिंह केशीको नेतृत्वमा अस्पताल गएको टोलीले अस्पतालका करिव ३५ जनाभन्दा बढी बिरामीलाई फलफुल वितरण गरेको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केशीले जानकारी दिए । यसअघि पनि विभिन्न कार्यक्रमको आयोजना गरि नेपाली कांग्रेस नुवाकोटले अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको थियो ।
Advertisement
फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य रमेश महत, जिल्ला सचिव सुरेन्द्र अधिकारी,शिव दाहाल
प्रवत्ता राजु थापा,कोषाध्यक्ष महेन्द्र थिङ, नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ट उपाध्यक्ष गीता अमात्य लगायतको उपस्थिती रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया