बन्दको प्रचार गर्दै हिँडेका पूर्व जनमुक्ति सेनाका लडाकु गुरुङ समातिए
विदुर खबर
२०७४ फागुन २४ गते ११:३२

२४ फागुन, काठमाडौं । बन्दको प्रचार गर्दै हिँडेका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् ।
उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले बिहीबार दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो ।
परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले अनलाइनखबरलाई दिएको जानकारी अनुसार फागुन २५ र २६ गते नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएपछि उनलाई पक्राउ गरिएको हो ।
उनीमाथि थप अनुसन्धान थालिएको छ ।
सम्बन्धित
प्रतिक्रिया