नेकपा नुवाकोटको इन्चार्जमा महेन्द्र पाण्डे, रसुवाको जिम्मा विमला सुवेदीलाई

विदुर खबर २०७६ साउन ५ गते १८:०३

नुवाकोट साउन ५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नुवाकोट इन्चार्ज महेन्द्र बहादुर पाण्डेलाई तोकिएको छ ।

Advertisement

(नेकपा)को आइतबार बसेको सचिवालय बैठकले ७८ वट्टै जिल्लाको इन्चार्ज र सह इन्चार्ज तोकेको हो । त्यस्तै रसुवाको इन्चार्जको जिम्मा भने विमला सुवेदीलाई दिइएको छ भने सह इन्चार्जको जिम्मा माधव अर्याललाई दिइएको छ ।

बैठकको निर्णयअनुसार ४५ जिल्लाको इन्चार्ज तत्कालीन एमाले र ३८ जिल्लाको इन्चार्ज तत्कालीन माओवादी केन्द्रले पाएको छ । राजधानी काठमाण्डुको जिल्ला इन्चार्ज पूर्वएमाले तथा ललितपुर र भक्तपुरको इन्चार्ज पूर्वमाओवादी केन्द्रको भागमा परेको छ ।

Advertisement

पूर्वएमालेले इन्चार्ज पाएको जिल्ला वा महानगरमा पूर्वमाओवादीबाट र पूर्वमाओवादीेले इन्चार्ज पाएका ठाउँमा पूर्वएमालेबाट सह–इन्चार्ज हुनेछन् । व्यक्ति भने यसअघि एकताका बेला दुवै पार्टीबाट इन्चार्ज रहेकाहरु नै हुने बताइएको छ ।

प्रतिक्रिया