नुवाकोट प्रहरीद्धारा सहकारीलाई २ सय आँपको विरुवा वितरण

विदुर खबर २०७६ साउन ५ गते १६:१३

नुवाकोट साउन ५, जिल्ला प्रहरी कार्यालय नुवाकोट र सामुदायीक प्रहरी सेवा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा लोकप्रिय उपभोक्ता सहकारीलाई २ सय आँपको विरुवा वितरण गरिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय विदुरमा आयोजित एक कार्यक्रममा नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाले लोकप्रिय उपभोक्ता सहकारी संस्थाका अध्यक्ष केशवबहादुर कुमाललाई फलफुलको विरुवा वितरण गरेका हुन । स्थानिय स्तरमा फलफुलका बिरुवाहरु वितरण गरिदिन सहकारीलाई फलफुलको विररुवा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया