सवारी दुर्घटनामा परि गत वर्ष नुवाकोटमा ४१ जनाको मृत्यु

विदुर खबर २०७६ साउन ४ गते १६:२६
????????????????????????????????????

नुवाकोट साउन ४, नुवाकोटमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण ४१ जनाले ज्यान गुमाएका छन् । जिल्लामा भएका विभिन्न दुर्घटनामा परि उनीहरुको ज्यान गएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईका अनुासर जिल्लामा सवारी दुर्घटनामा ज्यान ३३ पुरुष, ६ महिला, दुईजना बालबालिका रहेका छन । जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने रोकिएको छैन । गत आवमा भएका दुर्घटनामा २७ सवारीसाधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमसख भट्टराईले जाकनारी दिए । कार्यालयका प्रमुख भट्टराइका अनुसार गत वर्ष भएका सवारी दुर्घटनामा परी ४५ जना घाइते भएका छन् । जिल्लामा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी रहेको छ । गत वर्ष जिल्लामा १० मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै ८ ट्रक ३ ओटा टिफर, दुई कार÷जीप र एक÷एक वस,माईक्रो र ट्याकटर दुर्घटनामा परेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

Advertisement

यस्तै कार्यालयले गत आवमा २२ हजार ६ सय ५६ सवारी साधनलाई कारवाही गरी एक करोड ५१ लाख २६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । कारवाहीको सङ्ख्या हेर्ने हो भने जनचेतनाका कारण घट्दै गएको तर दुर्घटना न्यूनीकरण गर्न नसकेको प्रमुख भट्टराईले बताए । बढ्दो सवारीको चाप र साँघुरा सडकका कारण सडकमा बढी सङ्ख्यामा दुर्घटना भएको भट्टराईले बताए ।

प्रतिक्रिया