नेपाली ट्रेन्डः भारत जाँदै लिंग पहिचान गर्दै !
लैङ्गिक बिभेद तथा लैङ्गिक हिंसाका जति वकालत गरे पनि समाजमा छोरा र छोरीलाई हेर्ने दृष्टि एउटै भईसकेको छैन । पछिल्लो समयमा गर्भको बच्चाको लिङ्ग पहिचान गर्ने, छोरी भएमा गर्भपतन गराउने वा छोरा भए निरन्तरता दिने क्रम बढ्दो छ ।
गरिब, निमुखा तथा कमजोर बर्गका लागि यो नौलो भए पनि धनी र बौद्धिक बर्गका लागि यो सामान्य भई सकेको छ । लिंग पहिचान गराउन खोज्ने अनि छोरी भए गर्भपतन रोज्ने अधिकांश पढेलेखेका, जागिरे अनि समाजमा स्थापितहरु नै अग्रसर भएको मेरो अनुभव छ, यद्यपी यो गैरकानुनी हो ।
लिंग पहिचान गर्ने ट्रेन्ड
नेपालमा नै भिडियो एक्स रे अर्थात अल्ट्रासाउण्ड गरेर लिङ्ग पहिचान गर्न नपाउने कानुनी व्यवस्था छ । त्यसैले गर्भको बच्चा छोरा छ या छोरी पत्ता लगाउन भारतको सिलगढी, पुणिर्या, पटना, तथा गोरखपुर जाने गरेको पाइन्छ । हाम्रो देशमा क्रोमोजोमको अध्ययनबाट गर्भको लिङ्ग पहिचान गरेको नपाईए पनि पछिल्लो समयमा हाम्रो देशमा पनि लुकिछिपी अल्ट्रासाउण्डबाट लिङ्ग पहिचान गरेका उदाहरणहरु प्रसस्त पाइन्छ ।
१४-१५ हप्ता अर्थात साढे तीन महिनाको गर्भको लिङ्ग पहिचान गर्न सकिने रेडियोलोजिष्टहरुको भनाइ भए तापनि अधिकाशं चिकित्सकहरुले गर्भवती वा उनका आफ्न्तहरुलाई जानकारी गराउदैनन् । तर कतैकतै बढी शुल्क लिएर लिङ्ग पहिचान गर्ने गरेको सुनिन्छ ।
डा. बालकृष्ण साह
लिङ्ग पहिचानले गर्भवती महिला तथा परिवारलाई मानसिक तनाव दिन सक्ने भएकाले बच्चाको गडबडीको बारेमा उल्लेख गरे पनि ‘लिङ्ग’ भन्न नहुने कानुनी मान्यता रहेको छ । नेपालमा २ हजार देखि ५ हजार सम्म शुल्क लिएर लिङ्ग पहिचान गर्ने गरेको कतिपय रेडियोलोजिष्टहरुले पनि स्वीकार गर्छन् ।
नेपालमा १२ हप्तासम्मको जुनसुकै गर्भ सुचिकृत संस्थामा गर्भपतन गराउन पाउने अधिकार गर्भवती महिलामा रहे पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउन नपाउने स्पष्ट कानुन रहेको छ ।
समान्यतयाः लिङ्गको पहिचान गर्दा गर्भको अवधि १२ हप्ता भन्दा बढी भइसकेका कारणले पनि छोरा वा छोरी पत्तालागिसके पछि गर्भपतन गर्न नपाउने हुन्छन् । तर, यो केवल कानुनमा र पहुाच नभएकाहरुका लागि मात्र लागु हुन्छन् भन्दा फरक नपर्ला ।
लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेहरुको संख्या ठूलो छ । यसरी लिङ्ग पहिचान गरेर आएकाहरुलाई गर्भपतन गराएका कारण केहि चिकित्सकहरुको नाममा नेपाल मेडिकल काउन्सिलमा उजुरीसमेत परेको छ । ती उजुरीहरु माथि अनुसन्धान भइरहेको नेपाल मेडिकल काउन्सिलले जानकारी दिएको छ । तर, लिङ्ग पहिचान गराउन तथा गर्भपतन गराउन किन बाध्य छन् नेपालीहरु ? यसतर्फ कसैले सोच्न सकेको छैन ।
छोरी नचाहेको अवस्थामा छोरी जन्माउनु पर्दा सुत्केरी आमाले भोगेका समाजिक तथा मानसिक पिडा र उनका ती अबोध बालिकामाथि गरिने दुर्ब्यवहार अझै पनि हाम्रो समाजमा रहेको छ । अझै पनि पिण्ड अनि बुढेसकालको सहाराका लागि छोरा चाहिने मान्यता हाम्रो समाजमा छ ।
जागिरे दम्पतीहरु समय मिलाएर सन्तान जन्माउन चान्छन्, तर त्यो सन्तान छोरा नै हुनुपर्ने सोच बनाउछन् । अनि लिङ्ग पहिचान र गर्भपतनका लागि जायज वा नाजायज मार्ग खोज्ने गर्छन । त्यसैले यस किसिमको गर्भपतन स्वास्थ्य भन्दा पनि समाजिक समस्या भन्दा फरक नपर्ला ।
छोरीको अधिकार सुनिच्ति नगरिए सम्म वा छोरामा आश्रति रहने परम्परा अन्त नभए सम्म यस्ता गर्भपतन रोक्न सकिएला त ? गर्भमा रहेको सन्तानको अधिकार सुनिश्चित गर्न गर्भपतनमा रोक लगाएर मात्र पुग्छ कि पुग्दैन ? एउटा दक्ष चिकित्सकलाई गर्भपतन गर्न रोक्न सकिन्छ ।
तर गर्भपतन गर्न रोक्न सकिन्छ ? नेपालमा रोके भारत जाने क्रम नबढ्ला भन्न सकिन्न । नेपालका योग्य एवं दक्ष चिकित्सकहरुले यो सेवा नदिए भारतमा रहेका केन्द्रहरुमा तथा हाम्रै मुलुकका असुरक्षित स्थानहरुमा नेपाली दम्पतीहरु नलुटिने ग्यारेन्टी कसरी गर्ने ? सबभन्दा महत्वपूर्ण तथ्य त छोरी जति सबै गर्भपतन गर्दै जाने हो भने सामाजिक सन्तुलन कसरी कायम रहला ? यस्ता धेरै प्रश्नहरु हामी माझ रहेको छ ।
त्यसैले गर्भपतनलाई व्यवस्थित गर्नुका साथै यस्ता सामाजिक र संस्कृतिक वाध्यताहरुको अन्त गर्नु आवश्यक देखिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया