क्यान्सर पिडित बालिकाको उपचारको लागि आर्थिक संकलन जारी

विदुर खबर २०७६ साउन ४ गते ९:१०
फाईल फोटो ।

                                                                             फाईल फोटो ।

आदर्श गुभाज,साउदी अरब । लामो समयदेखि क्यान्सर रोगबाट पिडित भएकी कुस्मा नगरपालिका वडा नम्बर ८ की सुश्मिता शर्माको उपचारार्थ साउदी अरबमा आर्थिक संकलन भइरहेको छ ।

Advertisement

नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ मा घर भई हाल साउदी अरबमा कार्यरत आदर्श गुभाजु ‘अन्जान’को पहलमा बालिकाको उपचारको लागि आर्थिक संकलन अभियान शुरु भएको हो । हालसम्म बालिकाको उपचारको लागि एक लाख २७ हजार ६ सय ९५ रुपैयाँ संकलन भइसकेको अन्जानले विदुर खबरलाई जानकारी दिए । रोगबाट पिडित बालिका लामो समयदेखि बोनयारो रोगबाट पीडित छिन । हाल उनी भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरिरहेकी छिन ।

आर्थिक सकलन क्रममा प्रवासि मिलन एकता समाज साउदिबाट ११ हजार ४९ रुपैयाँ, अन्यले व्यत्तिगत सहयोगमार्फत दिएको सहयोग रकम गरि जम्मा १६ हजार ४ सय ३ रुपैयाँ बालिकाकी वुवालाई हस्तान्त्ररण गरिसकिएको छ । त्यस्तै गरेर पर्वत चुवा घर भई हाल साउदी अरबमा कार्यरत श्री कृष्ण गिरि र खुमनाथ पोख्रेलको पहलमा एफ.पि.आइ. कम्पनीबाट ५९ हजार ३ सय एक रुपैयाँ संकलन गरिएको थियो ।

Advertisement

संकलित एक लाख ११ हजार २ सय ९२ रुपैयाँ कुस्मा नगरपालिकाका प्रमुख तथा उप–प्रमुखबाट बालिकाका बुबालाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया