विदुर नगरपालिका वडा नम्बर २ महामण्डलमा डिप बोरिङ्ग खन्न शुरु

विदुर खबर २०७६ साउन ३ गते २०:१३

नुवाकोट साउन ३, विदुर नगरपालिका वडा नम्बर २ महामण्डलमा डिप बोरिङ्ग खन्न शुरु गरिएको हो ।

Advertisement

शुक्रवार एक कार्यक्रमको आयोजना गरि बोरिङ्ग खन्न शुरु गरिएको हो । वडा नम्बर २ का वडाअध्यक्ष विरेन्दूकुमार शाहीले बोरिङ्ग खन्ने कामको औपचारिक शुरुवात गरेका थिए । नुवाकोटको डाँडामा प्रमुख समस्याको रुपमा रहेको खानेपानीको समस्या समाधान गर्न डिपबोरिङ खन्न लागेको वडाअध्यक्ष शाहीले जानकारी दिए । यसअघि केही व्यक्तिहरुको अवरोध र नगरप्रमसु सञ्जु पण्डितले असहयोग गरेको भन्दै अन्य वडामा डिपबोरिङ खन्ने काम भइसकेको भएपनि वडा नम्बर २ मा शुरु हुन सकेको थिएन ।

प्रतिक्रिया