नुवाकोटको मेरो माइक्रोफाइनान्स पनि मर्जरमा जाने, मर्जर समिति गठन
नुवाकोट साउन ३, नुवाकोटको बट्टारमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त मेरो माइक्रोफाइनान्स वित्तिय संस्था पनि मर्जरमा जाने भएको छ ।

मेरो माइक्रोफाइनान्सले पनि मर्जरमा जान मर्जर समिति गठन गरेको छ । कम्पनीले सञ्चालक समितिका बाबु खत्रीको संयोजकत्वमा ४ सदस्यीय मर्जर समिति गठन गरेको हो । मर्जर समितिको सदस्यमा राजा अर्याल र बद्री प्रसाद पुडासैनी रहेका छन् भने सदस्य सचिवमा रामहरि दाहाल रहेको कम्पनीले जनाएको छ । मर्जर समितिले मर्जरको लागि पार्टनर खोज्ने तथा मर्जरसम्बन्धि अन्य कार्यहरू गर्नेछ ।
राष्ट्र बैंकको मर्जर नितिका कारण लघुवित्त कम्पनीहरूमा पनि मर्जरको लहर नै चलेको छ । हाल ९० भन्दा बढी लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेकोमा ४७ वटा लघुवित्त वित्तिय संस्था नेप्सेमा सूचीकृत भइसकेका छन । ३२ करोड ८९ लाख रूपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले शत प्रतिशत हकप्रद शेयर बिक्री गरी चुक्ता पुँजी ६५ करोड ७८ लाख रूपैयाँ पुर्याएको छ । लघुवित्तले जगेडा कोषमा १८ करोड ८५ लाख रूपैयाँ राखेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया