नुवाकोटको मेरो माइक्रोफाइनान्स पनि मर्जरमा जाने, मर्जर समिति गठन

विदुर खबर २०७६ साउन ३ गते १८:४०

नुवाकोट साउन ३, नुवाकोटको बट्टारमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त मेरो माइक्रोफाइनान्स वित्तिय संस्था पनि मर्जरमा जाने भएको छ ।

Advertisement

मेरो माइक्रोफाइनान्सले पनि मर्जरमा जान मर्जर समिति गठन गरेको छ । कम्पनीले सञ्चालक समितिका बाबु खत्रीको संयोजकत्वमा ४ सदस्यीय मर्जर समिति गठन गरेको हो । मर्जर समितिको सदस्यमा राजा अर्याल र बद्री प्रसाद पुडासैनी रहेका छन् भने सदस्य सचिवमा रामहरि दाहाल रहेको कम्पनीले जनाएको छ । मर्जर समितिले मर्जरको लागि पार्टनर खोज्ने तथा मर्जरसम्बन्धि अन्य कार्यहरू गर्नेछ ।

Advertisement

राष्ट्र बैंकको मर्जर नितिका कारण लघुवित्त कम्पनीहरूमा पनि मर्जरको लहर नै चलेको छ । हाल ९० भन्दा बढी लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेकोमा ४७ वटा लघुवित्त वित्तिय संस्था नेप्सेमा सूचीकृत भइसकेका छन । ३२ करोड ८९ लाख रूपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले शत प्रतिशत हकप्रद शेयर बिक्री गरी चुक्ता पुँजी ६५ करोड ७८ लाख रूपैयाँ पुर्याएको छ । लघुवित्तले जगेडा कोषमा १८ करोड ८५ लाख रूपैयाँ राखेको छ ।

प्रतिक्रिया