नुवाकोटको नमुना विद्यालय बन्दै त्रिशुली मावि, साढे १२ करोडको लागतमा नयाँ भवन निर्माण
नुवाकोट साउन ३, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको त्रिशुली माध्यामिक नुवाकोटकै नमुना विद्यालयको रुपमा स्थापित हुँदै गएको छ ।
नुवाकोट,रसुवा र धादिङका विद्यार्थीहरुको रोजाईमा पर्दे गएको विद्यालयले गत वर्षबाट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियङ्गिको पढाई शुरुवात गरेसँगै विद्यालय सबैको रोजाइमा पर्दै गएको छ । विद्यार्थी आर्कषण बढ्दै गएपनि भौतिक पुर्वाधार पर्याप्त नहुँदा विद्यालयले सास्ती भोग्दै गएपछि विद्यालयले भौतिक पुवौधार निर्माणलाई समेत तिव्र गतिमा अगाडि बढाउँदा विद्यालयको स्वरुप नै परिवर्तन भएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण विद्यालयका पुराना भवन भत्केका थिए । भवन भत्केसँगै जीर्ण अवस्थाका भवनमा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालयलाई आइपुगेको थियो । तर अहिले विद्यालयले भवन निर्माण गरेसँगै विद्यालयको स्वरुप नै परिवर्तन भएको छ । विद्यालयले अहिले ११ करोड ५३ लाख रुपैयाँको लागतमा नमूना विद्यालयको भवन निर्माण गरिरहेको छ । जुन अन्तिम चरणमा पुगेको
विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार विद्यालयको निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रिय एकाइ तथा एशियाली विकास (एडिबी)को आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो । हाल निर्माण गरिएको भवन बालमैत्री, अपाङ्गमैत्री,रहेको छ । वि.सं २००७ मा निर्मित विद्यालयले नुवाकोट, रसुवा, धादिङ जिल्लाका विद्यार्थीका लागि छात्रावास समेत सञ्चालनमा ल्याएको छ । छात्रवासमा अहिले २० जना विद्यार्थीलाई खाना बस्न र पढ्ने सुविधा रहेको विद्यालयका सहायक प्रअ दवाडीले जानकारी दिए । विद्यायलको भौतिक संरचना निर्माण भएसँगै विद्यालयले अहिले शैक्षिक गुणस्तरमा ध्यान दिएको विद्यालयले जनाएको छ । विद्यालयमा हाल एक हजार एकसय ८३ जना विद्यार्थी अध्ययनरत छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया