नुवाकोटको नमुना विद्यालय बन्दै त्रिशुली मावि, साढे १२ करोडको लागतमा नयाँ भवन निर्माण

विदुर खबर २०७६ साउन ३ गते १२:४७

नुवाकोट साउन ३, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको त्रिशुली माध्यामिक नुवाकोटकै नमुना विद्यालयको रुपमा स्थापित हुँदै गएको छ ।नुवाकोट,रसुवा र धादिङका विद्यार्थीहरुको रोजाईमा पर्दे गएको विद्यालयले गत वर्षबाट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियङ्गिको पढाई शुरुवात गरेसँगै विद्यालय सबैको रोजाइमा पर्दै गएको छ । विद्यार्थी आर्कषण बढ्दै गएपनि भौतिक पुर्वाधार पर्याप्त नहुँदा विद्यालयले सास्ती भोग्दै गएपछि विद्यालयले भौतिक पुवौधार निर्माणलाई समेत तिव्र गतिमा अगाडि बढाउँदा विद्यालयको स्वरुप नै परिवर्तन भएको छ ।

Advertisement

विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण विद्यालयका पुराना भवन भत्केका थिए । भवन भत्केसँगै जीर्ण अवस्थाका भवनमा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालयलाई आइपुगेको थियो । तर अहिले विद्यालयले भवन निर्माण गरेसँगै विद्यालयको स्वरुप नै परिवर्तन भएको छ । विद्यालयले अहिले ११ करोड ५३ लाख रुपैयाँको लागतमा नमूना विद्यालयको भवन निर्माण गरिरहेको छ । जुन अन्तिम चरणमा पुगेको

विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार विद्यालयको निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रिय एकाइ तथा एशियाली विकास (एडिबी)को आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो । हाल निर्माण गरिएको भवन बालमैत्री, अपाङ्गमैत्री,रहेको छ । वि.सं २००७ मा निर्मित विद्यालयले नुवाकोट, रसुवा, धादिङ जिल्लाका विद्यार्थीका लागि छात्रावास समेत सञ्चालनमा ल्याएको छ । छात्रवासमा अहिले २० जना विद्यार्थीलाई खाना बस्न र पढ्ने सुविधा रहेको विद्यालयका सहायक प्रअ दवाडीले जानकारी दिए । विद्यायलको भौतिक संरचना निर्माण भएसँगै विद्यालयले अहिले शैक्षिक गुणस्तरमा ध्यान दिएको विद्यालयले जनाएको छ । विद्यालयमा हाल एक हजार एकसय ८३ जना विद्यार्थी अध्ययनरत छन ।

Advertisement

प्रतिक्रिया