नुवाकोटका न्याधिश ऋषिकेश वाग्लेको न्यायपरिषदमा सरुवा
विदुर खबर
२०७६ साउन २ गते २०:०८

नुवाकोट साउन २, जिल्ला अदालत नुवाकोटका न्यायधिश ऋषिकेश वाग्लेको सरुवा भएका छन ।
न्याय परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालत, जिल्ला अदालत र विशेष अदालतका न्यायाधीशहरुको सरुवा गरेको हो । सरुवा भएका वाग्लेलाई न्यायपरिषदमा पठाइएको छ ।
नुवाकोटमा अब नयाँ न्यायशिधको रुपमा कास्की जिल्ला अदालतका न्यायधिश उमेशप्रसाद लइँटेल आउने भएका छन ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया