अमारे खोलामा पहिरो जाँदा ककनी–काठमाण्डौ सडकखण्ड अवरुद्ध
विदुर खबर
२०७६ साउन २ गते १७:२६

नुवाकोट साउन २, पासाङल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ अमारे खोलामा पहिरो जाँदा काठमाण्डौ–ककनी –त्रिशुली सडकखण्ड अवरुद्ध भएको छ ।
बिहीबार साँझ ४ बजेदेखि माथिबाट पहिरो खसीरहेकोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । अवरुद्ध बाटो संचालनमा ल्याउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्लीमगरले जानकारी दिए ।
सडक अवरुद्ध भएसँगै काटमाण्डौबाट नुवाकोट आउने र नुवाकोटबाट काठमाण्डौ गएका यात्रुहरु बाटोमै फसेका छन ।
सम्बन्धित
प्रतिक्रिया