नुवाकोटमा विप्लवका दुई कार्यकर्ताले गरे आत्म सर्मपण


आत्म सर्मपण गरेका विप्लव माओवादीका कार्यकर्ताहरु
नुवाकोट साउन १, नेपाल कम्युनिष्ट पार्टी (विप्लव)माओवादीका दुई कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आत्मसर्मपण गरेका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा विदुरमा संचारकर्मीमाझ उनीहरुले पार्टी परित्यागको घोषणा गरि आत्म सर्मपण गरेका हुन । आत्म सर्मपण गर्नेहरुमा सुर्खेत नगरपालिका वडा नं ४ का विष्णु भण्डारी र गोरखाको आरुघाट गाउँपालिका वडा नं ७ का सरोज न्यौपाने रहेका छन । उनीहरू बिगत केहि महिनायता नेकपा विप्लवको साधारण सदस्यका रुपमा काम गर्दै आएका थिए । तीमध्ये न्यौपाने पूर्व सशस्त्र प्रहरी हवल्दार हुन् भने भण्डारी यसै साल एसईई उत्तीर्ण गरी नुवाकोटमा काम गरिरहेका थिए ।
पार्टी परित्याग गरेपछि उनीहरुले आफु असुरक्षित रहेको भन्दै आफुहरुको सुरक्षाको माग समेत गरेका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख कृष्ण पल्लिमगरले असुरक्षित महसुस भएमा सुरक्षा दिन तयार रहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया