नुवाकोटमा विप्लवका दुई कार्यकर्ताले गरे आत्म सर्मपण


आत्म सर्मपण गरेका विप्लव माओवादीका कार्यकर्ताहरु
नुवाकोट साउन १, नेपाल कम्युनिष्ट पार्टी (विप्लव)माओवादीका दुई कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आत्मसर्मपण गरेका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा विदुरमा संचारकर्मीमाझ उनीहरुले पार्टी परित्यागको घोषणा गरि आत्म सर्मपण गरेका हुन । आत्म सर्मपण गर्नेहरुमा सुर्खेत नगरपालिका वडा नं ४ का विष्णु भण्डारी र गोरखाको आरुघाट गाउँपालिका वडा नं ७ का सरोज न्यौपाने रहेका छन । उनीहरू बिगत केहि महिनायता नेकपा विप्लवको साधारण सदस्यका रुपमा काम गर्दै आएका थिए । तीमध्ये न्यौपाने पूर्व सशस्त्र प्रहरी हवल्दार हुन् भने भण्डारी यसै साल एसईई उत्तीर्ण गरी नुवाकोटमा काम गरिरहेका थिए ।
पार्टी परित्याग गरेपछि उनीहरुले आफु असुरक्षित रहेको भन्दै आफुहरुको सुरक्षाको माग समेत गरेका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख कृष्ण पल्लिमगरले असुरक्षित महसुस भएमा सुरक्षा दिन तयार रहेको बताए ।
प्रतिक्रिया